नागरिकलाई शरणार्थी बनाउनु देशद्रोह हो : सांसद चौधरी
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १६:९:३३
४ जेठ, सिरहा । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले यहि वर्षभित्र नगरक्षेत्रकाका सबै सुकुम्वासीको हातमा लालपूर्जा पर्नेगरी काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका-१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले जनप्रतिनिधिको अझै चार वर्ष काम गर्ने समय रहेको भएपनि राष्ट्रिय भूमि आयोग सीमित समयको लागि गठन भएकोले चाँडो काम सक्नुपर्ने बताए ।
पूर्वमन्त्रीसमेत रहेका सप्तरी क्षेत्र नं. ४ निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले भने, ‘नेपाली नागरिक भएर पनि पुस्तौंदेखि एकटुक्रा जमिन नाममा नभएकाहरुलाई राज्यले जमिनको मालिक बनाउने महान अभियान चलाएको छ । अभियानलाई सफल बनाउने जिम्मा स्थानीय जनप्रतिनिधिकै हो । यसलाई इमान्दारिताका साथ पूरा गर्न सक्रियतापूर्वक लाग्नुहोस् ।’
चौधरीले आफ्नै देशको नागरिकलाई विदेशी बनाउनु देशद्रोही काम भएको बताए । उनले भने, ‘आफ्नो नागरिकलाई विदेशी बनाएर बेच्नु देशद्रोही कार्य हो । यस्तो देशद्रोही कार्यगर्ने जो कोहीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’
नगर प्रमुख गिता चौधरीले एक वर्षभित्र पालिकाभित्र भूमिहीनताको अन्त्य गर्नेगरी काम गरिरहेको बताइन् । ‘हाम्रो तर्फबाट चाँडोभन्दा चाडो काम सम्पन्न गर्नेगरी काम गरिरहेका छौं,’ नगर प्रमुख चौधरीले भनिन्, ‘नगरपालिकाले आउँदो वैशाखभित्र सबै भूमिहीनहरुको हातमा लालपुर्जा पर्नेगरी काम गरिरहेका छौं। सरोकारवाला सबै निकायको साथ र सहयोग गरे काम समयमै सम्पन्न हुन्छ ।’
पालिकाले अहिलेसम्म दुई हजार ३९४ घरधुरीको तथ्याङ्क संकलन गरेको जानकारी प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्मा दिए । जसमध्ये भूमिहीन दलित ४४७, भूमिहीन सुकुम्वासी ११४ र अव्यवस्थित वसोवासी एक हजार ८५३ जना रहेको र तथ्यांक संकलनको कार्य सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा काम अगाडि बढ्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार