कोशी प्रदेश सरकारबाट फिर्ता आउन माओवादी केन्द्र र जसपालाई कांग्रेसको आग्रह
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १६:२३:४७
४ जेठ, काठमाडौं । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता हुन माओवादी केन्द्र र जसपासँग आग्रह गरेको छ । आज बसेको बैठकले एमाले नेतृत्वको वर्तमान सरकारबाट तुरुन्त बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो ।
काङ्ग्रेसको प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकले केन्द्रको गठबन्धनअनुसार नै सरकार बनाउन ढिलो भएकाले दुई दललाई सरकार छाड्न आग्रह गरिएको नेता उद्धव थापाले बताए । सरकार छाडेपछि नयाँ सरकार गठनबारे छलफल सुरु गर्ने कांग्रेसको तयारी छ । कांग्रेस यो प्रदेशसभामा दोस्रो ठूलो दल हो ।
बैठकले पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न र आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने निर्णय गरेको छ । आगामी बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन केदार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको उनले जानकारी दिए ।
केन्द्रमा सरकार समिकरण पविर्तन भएसँगै एमाले केन्द्र र ६ वटै प्रदेशबाट बाहिरिइसकेको छ । कोशी प्रदेशमा मात्र एमाले नेतृत्व सरकार रहेको छ । एमालेले सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गुमाइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार