नेकपा विभाजन गरेर गल्ति गरियो, अब ब्युँताउनुपर्छ: प्रचण्ड
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार ११:६:५४
१७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा विभाजन गल्ती भएको बताएका छन् । उनले फेरी नेकपा व्युताउने तयारी स्वरुप समाजवादी मोर्चा गठन भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई भक्तपुरमा सम्बोधन प्रचण्डले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपा बनाउनतिरै आफूहरु लागिरहेको बताए ।
प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको नेकपालाई बचाउन नसक्नु दुर्भाग्य भएको र यहिले यहीकम्जोरीका कारण राजनीतिक परिस्थितिनै उथलपुथल भइरहको बताए । देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवाद तिर जान सकिन्छ भनेर त्यतिबेला एमालेसँग एकता गरेको उनले बताए ।
समाजवादी मोर्चा गठन गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूबीच फेरि नेकपातिरै फर्किनुपर्छ भन्ने सल्लाह भएको पनि उनले जानकारी गराए । ‘माधव नेपाल, विप्लव र उपेन्द्र यादवले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गराउने पहल सुरु गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘माधव जी र मैले के पनि भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्दछ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ पनि हामीले भनेका छौं ।’
उनले नेकपा बन्दा जनतामा ठुलो उभार देखा परेको र प्रतिगामीहरू डराएको भए पनि आफ्नै कारणले एकता टिक्न नसकेको बताए । ‘तर दुर्भाग्य हामीले त्यो एकतालाई बचाउन सकेनौ । त्यो एकतालाई बचाएर राष्ट्र र जनताको हितमा, समाजवादको हितमा जाने प्रचुर सम्भावना थियो त्यो बचाउन सकिएन’, प्रचण्डले भने, ‘म अहिले कसैलाई दोषारोपण गर्न उभिएको छैन ।’
उनले एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने पनि बताए । ‘एकचोटी असफल भयो भन्दैमा हुँदैन । विश्वभरिकै समाजवादको आन्दोलनको इतिहास एकता सङ्घर्ष, विभाजन र रूपान्तरण फेरि एकता र सघर्ष भएर गुज्रँदै अघि बढेको छ । नेपाली कम्युनिस्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको छ’, प्रचण्डले भने, ‘आज हामीले फेरि एकचोटी विचार र चिन्तन गर्नुपरेको छ– कि हिजो के कारणले एकीकृत भएको कम्युनिस्ट आन्दोलन बच्न सकेन ?’
प्रचण्डले विचार र राजनीतिमा कहाँ त्रुटि थियो भनेर सबैले सोच्नुपर्ने पनि बताए । ‘अहिले हामी माधव नेपाल र विप्लवसहित मोर्चा बनाएर अघि बढ्ने जमर्को गरेका छौ । माधवजी र मैले फेरि नेकपा तिरै फर्कनुपर्छ, फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका पनि छौ’, प्रचण्डको भनाइ छ । उनले एक पटक असफल भए पनि फेरि एकता गर्ने उद्लेश्यले अघि बढ्नुको विकल्प नभएको दोहोर्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेसँग सरकार बन्ने तहमा कुरा भएको छैनः लेखक
बैशाख २६, २०८१ बुधबार
पालैपालो प्रधानमन्त्री बन्ने कुरा भएकै थिएन, प्रायोजित हौवा फिजाइयोः यादव
बैशाख २६, २०८१ बुधबार
कम्युनिस्टविरुद्ध लड्ने बेला आयो, तयार भएर बस्नु: देउवा
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
बोक्से-सिगाना सडक: १० महिनापछि निर्माण कार्य सुरू
बैशाख २६, २०८१ बुधबार
बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने
बैशाख २६, २०८१ बुधबार
कोशीमा प्रतिपक्ष र सत्ता पक्षाको चापमा परे प्रदेश प्रमुख
बैशाख २६, २०८१ बुधबार
भाजपा प्रवेश गरेपछि अभिनेता शेखर सुमनले कंगनासँग दोस्ती गर्ने
बैशाख २६, २०८१ बुधबार
बजेट अभावका कारण हुलाकी सडक निर्माण सुस्त
बैशाख २६, २०८१ बुधबार
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
बैशाख २६, २०८१ बुधबार