युवा संगठनले प्रधानमन्त्री प्रचण्डलाई बुझायो लाखौं हस्ताक्षर संकलित फाइल
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १९:२:३२
१९ असार, काठमाडौं । नेकपा निकट युवा संगठन नेपालले ‘राष्ट्रिय स्वाधीनताका लागि तपाईंको योगदान’ भन्ने मूल नाराका साथ संकलन गरेको हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ । युवा संगठन नेपाल केन्द्रिय समितीका अध्यक्ष पाटन जंगलीको नेतृत्वमा गएको टोलीले हस्ताक्षर संकलित कपडासहित फाइल मंगलबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो ।
संगठनले सरकार र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी)बीच भएको सम्झौता तत्काल खरेज, भारत सरकारद्वारा भारतीय संसद भवनमा राखिएको नेपाली भूभाग लुम्बिनी, कपिलवस्तु, विराटनगर लागयत समावेश भएको ‘अखण्ड भारत’ नक्सा हटाउनेबारे सरकारको धारणा माग, लघुवित्त वित्तीय संस्थाको चर्को ब्याज तथा मिटर ब्याजीविरुद्ध कारवाही र नेपाली श्रमिकहरुमाथि ठगी धन्दा मच्चाइरहेका म्यानपावर कम्पनीहरुलाइ कारवाही गर्नुपर्ने लगायत माग राखेर हस्ताक्षर संकलन गरेको थियो ।
संकलित हस्ताक्षर बुझ्दै प्रधानमन्त्री प्रचण्डले संगठनले उठाएका माग जायज रहेको भन्दै सम्बोधनका लागि सक्दो मेहनत गर्ने प्रतिवद्धता जनाए । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र नेकपा हालै गठित समाजवादी मोर्चामा सामेल छन् । मोर्चामा एकीकृत समाजवादी र जसपा पनि आवद्ध छन् ।
यि चार वटै पार्टीका युवा संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचारीविरुद्ध अभियान चलाउने तयारी गरेका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार