भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरलाई
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १८:२१:३
२४ असार, काठमाडाैं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरले जितेको छ ।
शनिबार कपनस्थित कपअन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा गोकर्णेश्वर नगरपालिकालाई ७–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुर महानगरपालिकाले दुई लाख प्राप्त गरेको छ ।
गोकर्णेश्वरले भने एक लाखमै चित्त बुझायो । ललितपुरलाई उपाधि दिलाउन मनिस खड्का एक्लैले ६ गोल गरे । सुयोग थापाको नाममा एक गोल रह्यो । गोकर्णेश्वरका लागि सागर थिङ र सरोज थिङ एक–एक गोल गरे । मैदानमा उत्कृष्ठ तालमेल देखाएको गोकर्णेश्वरले पहिलो हाफमा ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको थियो । यद्यपि, दोस्रो हाफमा ललिपुरले एकलौटी गोल थप्दै उपाधि जित्यो ।
प्रतियोगिताका विजेता र उपविजेता टोलीका खेलाडी एवं अफिसियलहरुलाई आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष छितिज थेबे लगायत पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए । राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य युवा, स्वास्थ्य समाज भन्ने नाराका साथ उपत्यकाका युवाहरुबीच फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।
राष्ट्रिय युवा संघ नेपालले उपत्यकाका प्रत्येक स्थानीय तहहरुमा आन्तरिक छनोट प्रतियोगिता अयाोजना गर्दै प्रतियोगिताका लागि टोली तयार पारेको थियो । फाइनल खेलमा उपत्यकाका विभिन्न २१ पालिका टोलीहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार