भक्तपुरको पीडाः खेलाडी धेरै छन् तर, खेलमैदान शून्य
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १२:५९:५२
८ साउन, भक्तपुर । भक्तपुरका विभिन्न स्कुलहरुका प्रिन्सिपल तथा शिक्षकहरुले आफूहरुसँंग थुप्रो विद्यार्थी खेलाडीहरु भए पनि खेलमैदान नभएकोले खेल क्षेत्रलाई अगाडि वढाउन नसकेको बताएका छन् । खेलकुद क्षेत्रलाई अगाडि लान आफूहरुले भरमग्दुर प्रयास गरेको तर खेल मैदान नहुँदा आफूहरुको प्रयासले सफलता हासिल गर्न नसकेको उनीहरूले बताए ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजना र प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा हामी विद्यालय अभियान अन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित गर्ने विषयमा भएको अन्तरक्रियामा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी वक्ता स्कुलका प्रतिनिधिहरूले यही कारण जिल्लामा खेलकुद विकासले फड्को मार्न नसकेको बताए ।
कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले खेल मैदानको अभावमा जिल्लामा खेलकुद क्षेत्र पछाडि परेको स्वीकारे । ‘हामीसँग एउटा पनि खेलकुद मैदान छैनन्,’ उनले भने, ‘केही खेल मैदानहरू छन्, ती पनि स्थानीय निकायको नियन्त्रणमा छन् ।’
भक्तपुरमा सबैभन्दा ठूलो भक्तपुर नगरपालिका–७ मा माहेश्वरी खेल मैदान छ । अहिले यस खेलकुद मैदान काम चलाउ मैदानको रुपमा प्रयोगमा छ । वर्षामा हिलाम्य भएर यसलाई प्रयोग गर्न सकिने अवस्था छैन । यसलाई फुटबल मैदानसहितको रंगशालाले रुपमा स्तरोन्नति गरिने योजना राखेको एक दशक भए पनि अहिलेसम्म यसले मूर्तरूप लिन सकेको छैन ।
‘अव्यवस्थित हुँदै रहेको उक्त मैदानलाई बाह्रै महिना फुटबल खेल्न मिल्ने गरी रंगशाला बनाउन लागिपरेका छौं,’ उनले भने । यसको लागि भक्तपुर नगरपालिकाले बजेट पनि विनियोजन गरेको छ । भक्तपुरकै एकमात्र उक्त मैदानमा पाँच हजारभन्दा बढी दर्शक अट्ने प्याराफिट निर्माण हुने जनाइएको छ । कृत्रिम घाँस बिछ्याएर उक्त मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको बताइएको छ । उक्त खेल मैदानको स्तरोन्नती गर्दै रंगशाला बनाउनको लागि भक्तपुर नगरपालिकाले डिजाइनसमेत तयार गरिसकेको जनाइएको छ । तर यसले मूर्तरुप भने अहिलेसम्म लिन पाएको छैन ।
प्याब्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरूमा खेलकुद विकास गर्न खेलमैदानको अभावसहित अन्य विविध समस्याहरू रहेको सुनाए । उनले एउटै स्कुलमा धेरै खेलमा विद्यार्थीहरूले रुचि राख्ने, तर त्यसअनुसार प्रशिक्षक राख्न नसकिने अवस्था रहेको बताए । आर्थिकभार पर्ने भएकाले धेरै जना प्रशिक्षक राख्न नसकिने साथै खेलकुदको क्रममा घाइते भई उपचार गर्नुपर्ने लगायतका आर्थिक भार रहेको उनले बताए ।
प्याब्सन मध्यपुर थिमिका अध्यक्ष नितेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने, तर त्यस अनुसारको मैदान, प्रशिक्षक राख्न नसकिने समस्या रहेको बताए । कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलहरूको प्रतिनिधित्व गरी सहभागी विद्यालय प्रिन्सिपल तथा प्रतिनिधिहरूले ‘एक विद्यार्थी ः एक खेलाडी’ आवश्यक रहेको तर पनि खासै उपलव्धी हासिल गर्न नसकेको वाध्यता सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार
पदक विजेता खेलाडी स्वदेश फिर्ता
असोज ८, २०८१ मंगलबार
चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने
भदौ २५, २०८१ मंगलबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार