स्थगित भयो १५ दिनका लागी चिकित्सकको आन्दोलन
इन्द्र रिजाल
चैत ३०, २०७५ आइतबार ५:२२:५७
काठमाडौं । आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारले १५ दिनको समय माग गरेपछि नौ दिन देखि जारी आन्दोलन स्थगित भएको छ ।
समायोजनको विषयलाई लिएर स्वास्थ्य सेवा अवरुद्ध पार्देै आएका चिकित्सकसँग पटक पटकको वार्ता पछि १५ दिनका लागि समय उपलब्ध गराई आन्दोलन स्थगित गर्न चिकित्सक राजी भएका हुन् ।
शनिबार साँझ भएको वार्तामा अध्ययन विदामा रहेका चिकित्सक र विशेषज्ञ चिकित्सकलाइ पुल दरबन्दीमा राखेर आवश्यकता परेको ठाउँमा खटाउने सहमति पछि आन्दोलन स्थगित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले बताए ।
उनका अनुसार आइतबारदेखि मुलुकभरका सरकारी अस्पतालका अवरुद्ध सेवा सुरु हुनेछ । स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा १५ दिन भित्र मन्त्रिपरिषदबाट सहमतिका बुँदा पास गर्ने बताइएको छ ।
उक्त समय भित्र सहमति पालना नगरे पुनः सेवा अवरुद्ध बनाउने चिकित्सकले बताए । चिकित्सकका अनुसार माग सम्बोधन भए आन्दोलन फिर्ता हुनेछ ।
बिशेषज्ञ चिकित्सकलाइ संघ अन्तरगत राखेर परिचालन गर्नुपर्ने, पदस्थापन गर्दा बिशेषज्ञ चिकित्सकको हकमा उसको ज्ञान, सीप, योग्यता अनुसार हुनुपर्ने, अध्ययन विदामा रहेका चिकित्सकलाइ पुल दरबन्दीमा राख्नुपर्ने माग सहित गत शुक्रबारदेखि चिकित्सक आन्दोलनमा थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार