शिक्षा विधेयकप्रति थारु समूदायको आपत्ति, पारित गरिए कडा मूल्य चुकाउनुपर्ने चेतावनी
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १७:२६:४२
२२ साउन, काठमाडौं । सरकारले ल्याएको संघीय शिक्षा ऐन संशोधन गर्न ल्याएको शिक्षा विधेयकप्रति थारु समुदायले आपत्ति जनाएको छ । सोमबार काठमाडौंमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले पक्रकार सम्मेलन गरेर विधेयक संशोधन गर्न माग गरेको छ । विधेयक जबर्जस्त पारित गरिए कडा मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएको छ ।
मोर्चाका संयोजक श्रवण चौधरीलगायत विज्ञहरुले विधेयकले सुनियोजित रूपले थारुहरूको अस्तित्व, पहिचान र अधिकार समाप्त गर्न खोजेको भन्दै उनीहरूले आपत्ति जनाए ।
सधैं राज्यको हेपाह र दमनमा पर्दै आइरहेको थारु समुदायलाई शिक्षा विधेयकमा पनि दमन गर्न खोजेको उनीहरुको भनाइ छ । उनीहरुले मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदायमा थारुलाई जोडेर २२ प्रतिशत आरक्षणमा सीमित गरेको भन्दै विरोध जनाए ।
विधेयक सच्याउन मंगलबारसम्मकाे समयसीमा दिने संयाेजक चाैधरीले पत्रकार सम्मेलनमा बताए ।
कार्यक्रममा कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले संविधानको भावनाविपरीत शिक्षा विधेयक ल्याएको भन्दै विधेयकलाई मन्त्रिपरिषद्ले फिर्ता लिनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
वसन्तपुरमा वसन्त श्रवण गर्दै राष्ट्रपति पौडेल (तस्बिरहरू)
माघ २१, २०८१ सोमबार
नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
माघ २१, २०८१ सोमबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
माघ २१, २०८१ सोमबार
जसपा नेपालको बैठक आज पनि जारी रहने
माघ २१, २०८१ सोमबार
६ महिनामा वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
माघ २१, २०८१ सोमबार