मैवाखोलाको बाढीले चार घर जोखिममा
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १४:१८:१८
२८ साउन, ताप्लेजुङ । गए रातिदेखिको अविरल वर्षाका कारण मैवाखोलामा आएको बाढीले ताप्लेजुङको दोभान बजारका बासिन्दालाई त्रसित बनाएको छ । बिहानदेखि आएको बाढीका कारण बजार क्षेत्रका चार घर उच्च जोखिममा परेका स्थानीय तिलक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार डम्बर धितालसहितका चार घर जोखिममा परेका छन् । बिहान करिब ८ बजेदेखि उक्त खोलामा बाढी आएको हो । यस्तै बाढीले दोभान र चाँगे जोड्ने खोलाको वारिपारि दुवै तर्फको सडक बगाएको उनले बताए ।
खोला किनारमा पर्ने दुवै तर्फको सडक बगाएपछि चाँगे दोभान सडक खण्डमा यातायात ठप्प बनेको छ । असार पहिलो साता मौवाखोलामा बाढी आउँदा खोला माथिको पुल जोखिममा परेको थियो भने सडक बगाएको थियो । प्रायः बर्सेनि आउने बाढीले दोभानवासीलाई समस्यामा पार्दै आएको स्थानीयले बताएका छन् ।
ताप्लेजुङमा गए रातिदेखिको वर्षा अझै रोकिएको छैन । वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सडकहरुमा यातायात सञ्चालनमा कठिनाइ भएका छन् । निरन्तरको वर्षाले पहिरोकाे जोखिम रहेका क्षेत्रका बासिन्दालाई त्रसित बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार