पूर्व–पश्चिम राजमार्गमा विद्युत प्राधिकरणले अलपत्र छाडेकाे तारबाट करेन्ट लागेर एकजनाको मृत्यु
आक्रोशित स्थानीयले गरे राजमार्ग अवरुद्ध, उचित क्षतिपूर्ति माग
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार ११:१०:५१
३२ साउन, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरकाे सडकमा लापरवाही तरिकाले छाडिएको तारबाट करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर बुधबार साँझ स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो ।
गम्भीर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको आफन्तले बताएका छन् । लापरवाहीबाट ज्यान गएको भन्दै आफन्त र स्थानीयले बिहीबार बिहानभर पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सवारी आवतजावत बन्द गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुकासाल क्षेत्रमा गरेको प्रदर्शन अहिले पनि जारी छ ।
मृतक आफन्तले मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । प्रदर्शनकारीसँग प्राधिकरणले वार्ता गर्ने तयारी गरेको छ । यसमा समन्वय जिल्ला प्रशासन कार्यालयले गरिरहेको छ । मृतक ओडका श्रीमती र तीन छोराछोरी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार