अभिनेत्री गौरी मल्लको गायनमा पुनरागमन
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार ११:४५:५८
२० भदौ, काठमाडौं । गायिकाको परिचयलाई पुनःजीवित पार्दै अभिनेत्री गौरी मल्लले तीज विशेष गीत सार्वजनिक गरेकी छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै 'धिन ताका नाका धिन' बोलको गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो ।
बाल्यकालदेखि गायनमा सौखिन मल्लले वर्षौँ पहिले दर्जनबढी गीत गाएकी थिइन् । उनले चलचित्र 'भाई'मा नायिका मेलिना मानन्धरको लागि पार्श्व गायन समेत गरेकी थिइन् । यद्यपि उनले आफ्नो गायन करियर भन्दा अभिनय करियरलाई नै अगाडी बढाएकी थिइन् । सार्वजनिक तीज गीतमा शब्द, सङ्गीत र स्वर दिँदै उनी गायनमा फर्किएकी छन् । उनले आफ्नै नामबाट यूट्युब च्यानल समेत शुभारम्भ गरेकी छन् ।
यस गीतको भिडियोमा गौरी आफैले अभिनय गरेकी छन् । गौरीसँगै अभिनेत्री मिथिला शर्माले पनि यसमा अभिनय गरेकी छन् । साथमा समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचन लगायतको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । अञ्जु पोखरेल दाहाल म्युजिक भिडियोकी निर्माता हुन् भने सुवास दाहालले निर्माण संयोजन गरेका छन् । उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा मल्ल उत्साहित र भावुक बनेकी थिइन् । उनले आफ्नी आमालाई सो कार्यक्रममा निम्त्याएकी थिइन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, बरिष्ठ गीतकार करुण थापा, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ लगायत अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले नृत्य, गायन र अभिनय तीन वटै कलामा पोख्त रहेकाले गौरीलाई नाट्यश्वरीकी छोरी रहेको बताउँदै नयाँ यात्राको शुभकामना दिए । अभिनेत्री बसुन्धरा भुषालले आफ्नो परिस्थितिले साथ नदिँदा यस गीतमा अभिनय गर्न नपाएको बताइन् । अभिनेत्री मिथिला शर्माले सबै काम छोडेर यस गीतमा अभिनयको लागि तत्कालै राजी भएको बताइन् ।
मल्लले आफ्नो गायन यात्राबारे स्मरण गर्दै गायिका रचना रिमालले समय दिन नसकेपछि रेकर्डिष्ट डिजे एलएक्सले प्रेरणा दिई आफैंलाई गाउन लगाएको बताइन् । उनले आफुमा यसरी गाउन सक्छु भन्ने हिम्मत नरहेको तर सफल भएको बताईन् । उनले अब गायनमा निरन्तरता दिने बताइन् । कार्यक्रममा म्यूजिक भिडियोमा योगदान गर्ने टीमलाई कदरपत्र प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार