सहेला फाँटमा कागतीखेती, बजार पुर्याउन भ्याइनभ्याइ
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १३:५८:४६
२९ भदौ, काठमाडाैं । तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीलाई कागती टिप्न भ्याइनभ्याइ छ । बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि व्यस्त हुने किसान हिजोआज कागती टिप्न तथा बजार पुर्याउन व्यस्त छन् । दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवाले फल दिन थालेपछि किसान खुसीले दङ्ग छन् ।
बागलुङ नगरपालिका–१२ अमलाचौरको सहेँला फाँटमा जग्गा रहेका बागलुङ–१४ अर्माहका ४३ किसानको आशाको बारी हो सहेँलाको फाँट । चासो कृषक समुहमा आबद्ध उनीहरूले आफ्नै मेहनतले फल्ने फलबाट समृद्धिको सपना देखेका छन् । “पहिलो चरणणमा दुई सय किलो कागती टिपेर बिक्री गरियो, अनौठो अनुभव भइरहेको छ”, समूहका अध्यक्ष केशवप्रसाद सुवेदीले भने, “पहिलो उत्पादन स्थानीय बजारमै खोसाखोस भयो ।”
सयौँ मुरी धान हरेक वर्ष फल्ने खेतमा किसान कागतीबाट कृषिमा प्रगति खोजिरहेका छन् । रु २० लाख लगानीबाट सुरु भएको कागतीको व्यावसायिक खेतीमा रु एक करोड रूपैयाँ भइसकेको छ । तीन सय रोपनीभन्दा धेरै जमिनमा चार हजार हजार बिरुवा हुर्किरहेका छन् । तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाइ बिरुवा फल दिन थालेको सुवेदीले बताए ।
अनुदान र सहयोगका लागि सरकारी निकाय त्यहाँ पुगेका छन् । जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राविधिकसमेत आउने गरेको समूहका अध्यक्ष सुवेदी बताउँछन् । सरकारी अनुदानमा आशा नराखी आफैले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पाउन थालेका छन् । रु एक लाख बिरुवाको ढुवानीका लागि अनुदान दिएको नगरपालिकाले रु तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक बनाइदिएको छ ।
हरेक वर्ष रु चार करोडको कागती उत्पादन गर्ने लक्ष्यका साथ व्यावसायिक खेती थालेका किसानले फल्न थालेको एक वर्षमा नै लगानी उठाएर मुनाफा कमाउने सुवेदीले बताए । समूहमा आबद्ध रहेका किसानलाई प्रतिरोपनी रु पाँच हजारका दरले समूहले वार्षिक भाडा दिने गरेको छ । कागती फार्म सञ्चालनमा रहेको जग्गाका धनीहरुलाई नै समूहको सदस्य बनाइएको छ । समूहमा सबै सदस्यले समान लगानी गरेको सुवेदीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका किसानले पाए उखुको भुक्तानी
बैशाख २७, २०८१ बिहिबार
मौरीपालनतर्फ किसानको आकर्षण बढ्दो
बैशाख २६, २०८१ बुधबार
शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल
बैशाख २६, २०८१ बुधबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले पेश गरे दाबी
बैशाख २७, २०८१ बिहिबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
ब्राजिलमा बाढीको कहर, दुई लाख मानिस घर छाड्न बाध्य
बैशाख २७, २०८१ बिहिबार
सलमान खानको फिल्म सिकन्दरमा रश्मिकाको एन्ट्री
बैशाख २७, २०८१ बिहिबार
न्यायाधीश शर्माको इजलासमा पर्यो गण्डकी सरकारविरुद्धको रिट
बैशाख २७, २०८१ बिहिबार
आगलागीबाट घरसम्पती गुमाएपछि परिवारको बिजोग
बैशाख २७, २०८१ बिहिबार