भित्र्याउने बेलाको मार्सीधानमा ब्लाष्ट रोगको संक्रमण, किसान चिन्तित
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार १०:५३:९
२४ असोज, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको मार्सी धानबालीमा ब्लाष्ट रोगको संक्रमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् । स्थानीयवासी धनप्रसाद चौलागाईँले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए ।
उनको खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो । त्यही उत्पादनले वर्षभरि पुग्थ्यो । खेतमा पाकेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । तातोपानीको वडा नं ४, ५ र ६ मा मार्सीधान उत्पादन हुने फाँटमा बढी ब्लाष्ट रोगले धैरे क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए ।
अगामी कात्तिक महिनाको पहिलो सातादेखि धान भित्र्याउने जुम्ली किसान एक्कासी धानमा संक्रमण भएको नेक ब्लाष्ट 'घाँटी मरुवा'रोगले तातोपानीको अनुमानित करिब ८० हेक्टर धान बालीमा क्षति गरेको उनले बताए । सबैभन्दा धेरै तातोपानी–५ स्थित लाम्रा, नगर, एैरेनी हाँक, हियाँखोलाका किसान बढी सो रोगबाट मारमा परेको स्थानीयवासी पूर्णप्रसाद चौलागाईँको भनाइ छ ।
कार्यापालिकाको बैठकबाट पालिकाभित्रका किसानलाई उचित राहत प्रदान गरिने उपाध्यक्ष रेवती रावलले बताए । चन्दननाथ नगरपालिकाको–९ मा पनि उक्त रोगले धान बालीमा असर गरेको किसान बताउँछन् ।
जिल्लामा अहिले तीन हजार हेक्टर क्षेत्रफलमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समयमा स्वदेश तथा विदेशबाट जुम्ली मार्सी धानको चामल अत्यधिकरूपमा माग हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालन गरेको अग्र्यानिक पसलका सञ्चालक बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार