नेपाल फर्किन विद्यार्थीहरू विमानस्थलमा, इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १२:५:४४
२५ असोज, काठमाडौं । स्वदेश फर्किन लागेका नेपाली विद्यार्थीहरू इजरायल स्थित विमानस्थल पुगेका छन् । नेपालबाट चार्डट विमान त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत ती विद्यार्थीहरूको उद्धार गर्न लागिएको हो ।
त्यसका लागि विद्यार्थीहरू इजरायलका विभिन्न ठाउँबाट तेल–अभीभ विमानस्थलमा पुगेका हुन् । आफूहरू बसोबास गर्दै आएको काडेश बार्नियाबाट विमानस्थल पुगेको विद्यार्थी सुरज भण्डारीले बताए । उनीहरूलाई बसमा राखेर साढे तीन घण्टा लामो यात्रापछि विमानस्थल पुर्याइएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थीहरू इन्टर्न गर्न गत भदौ अन्तिम सातामा इजरायल पुगेका थिए । गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । ४ जना विद्यार्थी समेत घाइते भएका थिए ।
आतंकवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरूलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको जानकारी दिइन् ।
उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेको छ । इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैनः उपसभापति गुरुङ
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार