ढकमक्क फुलेका सयपत्री फूलबाट मनग्य आम्दानी
नेपालबहस संवाददाता
कात्तिक १७, २०८० शुक्रबार १६:२७:३२
१७ कात्तिक, देउखुरी 'दाङ' । लहरै रोपिएका सयपत्री फूलका बिरुवा फुलेर अहिले ढकमक्क भएका छन् । वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूल खेती गर्दै आएका भास्कर पँगेनी र दशरथ साउदले दुई वर्षअघिदेखि दाङमा व्यावसायिक सयपत्री फूल खेती विस्तार गरेका थिए ।
घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु दुई हजार भाडा दिने सर्तमा फूल खेती गरिएको छ भने घोराही–१२ शिवपुरमा पनि १३ कट्ठा जमिन भाडामा लिएर व्यावसायिक फूल खेती गरिएको छ। गत वर्ष तिहारको समयमा फूलमात्रै रु १३ लाखबराबरको बिक्री गरेको व्यवसायी पँगेनीले बताए । तिहारभन्दा पछाडि सयपत्री फुलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ गराएर पाँच लाख आम्दानी गरेको उनले जानकारी दिए । यसपालि तिहारको समयमा रु १५ लाखदेखि रु २० लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।
यसपालि तिहारका लागि रोपिएका फूल ढपक्क फुलेका छन् । फूल टिपेर कोल्ड स्टोरमा राख्न र माला बनाउन सुरु गरिएको व्यवसायी दशरथ साउदले बताए । ढकमक्क फुलेका फूलमा फोटो खिच्न चाहनेहरूका लागि लक्ष्य गरेर टिकटक स्पोर्ट पनि बनाइएको उनले जानकारी दिए ।
फूल खेती गरिएको स्थानमा जान प्रवेश शुल्क ५० राखिएको छ । गत वर्ष रु तीन सय प्रतिकेजीमा फूल बिक्री गरिएकामा यस वर्ष अझै मूल्य निर्धारण नगरिएको व्यवसायी साउदले बताए । एउटा माला रु ८० मा बिक्री भइरहेको उनको भनाइ थियो । टिकटक स्पटमा फोटो खिच्ने व्यवस्था पनि गरिएको छ । क्यामराले फोटो खिचेर मोबाइलको मेमोरीमा राखिदिएको रु २० लिने गरेर सेवा दिने गरेको व्यवसायी साउदले जानकारी दिए ।
गत वर्ष 'कर्मा ५५५' जातको सयपत्री फूल खेती गरिएकामा यसपालि कर्मा त्रिपल एक अरेन्ज, कर्मा त्रिपल आठ एल्लो, कर्मा त्रिपल, पाँच ओरेन्ज, सेतो हजारी, कलकत्ते ओरेन्ज, पेनिस बल गरी छ जातका सयपत्रीका बिरुवा रोपिएका छन् । रु एक लाख तीन हजारको बीउ किनेर बेर्ना राखिको उनले बताए ।
“सबै फूल बीउ थाइल्यान्डबाट ल्याएर बेर्ना उमारेका हाैँ”, व्यवसायी साउदले भने । “यसपालि दुई लाख बेर्ना बिक्री भइसक्यो ।बिरुवाको जात हेरेर दुई रुपैयाँ देखि ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।” बेर्ना बिक्री गरेर पनि आम्दानी गर्ने गरेका छौँ । कपिलवस्तुमा पहिलेदेखि नै खेती भइरहेको थियो यो वर्षदेखि कोहलपुर, कैलालीमा फूल खेती विस्तार गरिएको उनले बताए ।
युवाहरु वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पँगेनीको भनाइ थियो । बेरोजगार युवाहरुलाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ कन्सेप्टमा कृषि फर्मको नाम नै '१०८' राखिएको छ । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको छ । फूलमा नेपाललाई आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला जिल्लामा क्षेत्र विस्तारको योजना रहेको व्यवसायी पँगेनीले बताए ।
तुलसीपुरमा सयपत्री फूलको मूल्य निर्धारण
तुलसीपुरमा सयपत्री फूलको मूल्य निर्धारण गरिएको छ । सयपत्री फूलको मूल्यमा एकरूपता कायम गर्न मूल्य निर्धारण गरिएको हो । बिहीबार तुलसीपुर उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवासँगको छलफलपछि फूलको मूल्य प्रतिकेजी रु तीन सय निर्धारण गरिएको हो ।
तिहारलाई मध्यनजर गर्दै सयपत्री फूलखेतीतर्फ युवा तथा विद्यार्थीले विभिन्न स्थानमा फूल खेती गरेका छन् । व्यवसायी र विद्यार्थीहरूले गरेको फूल खेतीको बजारी करणमा सहजताका लागि न्यूनतम् प्रतिकेजी रु तीन सय मूल्य निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले जानकारी दिए । तुलसीपुरमा १५ पुष्प व्यवसायी र चारवटा सामुदायिक तथा निजी स्कुल ÷कलेजका विद्यार्थीले पनि तिहारलाई लक्ष्य गरी फूल खेती गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार