कारोबारको दोस्रो दिन पनि नेप्से घट्यो
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १६:६:३१
१८ मंसिर, काठमाडौं । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ४७ दशमलव ८१ अङ्कमा कायम भएको छ ।
आज विभिन्न कम्पनीका दुई सय ९२ कम्पनीको ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता शेयर ४३ हजार चार सय २८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ०२, वित्त समूह शून्य दशमलव ५५, जीवन बीमा समूह शून्य दशमलव ९७, म्युचुअल फन्ड शून्य दशमलव १५ र निर्जीवन बीमा समूह शून्य दशमलव ३५ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै बैंकिङ र अन्य समूहको उपसूचक समान शून्य दशमलव ६२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव १२, लगानी शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३५, लघुवित्त शून्य दशमलव ०३ र व्यापार समूह शून्य दशमलव ४५ अङ्कले घटेको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ०६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरे घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मुल्यमा समान नौ दशमलव ९९ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू सात करोड ४६ लाख ३१ हजार सात सय २३ बराबरको दुई लाख ४८ हजार एक सय ९३ कित्ता शेय किनबेच भएको छ ।
(((
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार