पाल्देनको एग्रोविरुद्ध दिपक मनाङे
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार २०:१८:६
२८ मंसिर,पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एमालेका नेता पाल्देन छोपाङ गुरुङको एग्रो मनाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । एसियाकै ठूलो दाबी गरिएको एग्रो मनाङ प्रालिविरुद्ध अख्तियारमा उनले उजुरी दिएका हुन् ।
उनले अवैध तरिकाले जग्गा हडपेर फार्म सञ्चालन गरेको, वन फँडानी गरेको लगायत विषयमा अख्तियारमा उजुरी दिएको उनले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । यो फार्म पूर्वसांसद पाल्देन छोपाङ गुरुङको हो । फार्म मनाङेको निर्वाचन क्षेत्रमा पर्छ । स्थानीयले गाउँमा विद्युत्को समस्या सुनाएको र एग्रो मनाङका कर्मचारीले विद्युत् पोल गाड्न नदिएपछि आफू त्यहाँ पुगेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
स्थानीयसँग भेटका क्रममा उपस्थित सबै सहभागीको एउटै गुनासो थियो– माननीयज्यू, गाउँमा बिजुलीको ठूलो समस्या छ, एग्रो मनाङका सञ्चालकहरूले बिजुलीको पोल गाड्न नदिएको हुनाले त्यसको समाधान खोजिदिनुपर्याे, एकपटक निर्वाचन क्षेत्र जाऊँ भनेपछि म त्यहाँसम्म पुगेँ,” उनले भने ।
त्यहाँ पुगेर निरीक्षण गर्दा सिंगो वन फँडानी भएको, अवैध तरिकाले रुखहरू काटिएको र काठहरू अव्यवस्थित रूपले राखिएको पाएको उनले बताए । रुख काट्ने र वनजंगल फँडानी गर्ने अधिकार कसले र किन दियो ? जनताहरू आक्रोशित थिए । म सरोकारवाला निकायहरूसँग बुझ्नतर्फ लागेँ, उनले भने । तर, कसैले पनि अख्तियारी नदिएको र एग्रो मनाङ प्रालिले अवैध रूपले लुकीछिपी आफूखुसी रुखहरू काटिरहेको बुझ्नमा आयो ।
जुन जग्गामा उक्त कम्पनी सञ्चालनमा छ, त्यो जग्गा नै विवादित थियो । तत्कालीन समयमा पिसाङ, घ्यारु, ङावल, भ्राका, टंकी, खाङसार समेत सात गाविसका नाममा जिल्ला मालपोत कार्यालय मनाङमा दर्ता भई उक्त जग्गा हाल मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्छ । त्यस जग्गालाई सार्वजनिक भन्ने कि व्यक्तिगत भन्ने स्वयं मालपोत कार्यालय पनि अन्योलमा छ । व्यक्तिगत भनौँ भने गाविसहरूको नामको स्वामित्व छ, सार्वजनिक भनौँ भने जग्गाधनी प्रमाणपुर्जा दिएको छ । अब कुरा आउँछ यस्तो जग्गाको स्वामित्व हाल कोसँग छ ?, मनाङेले भनेका छन् ।
उक्त जग्गाका बारेमा मालपोत कार्यालय समेत अनिर्णीत रहेको उनको जिकिर छ । यसबारेमा प्रश्न गर्दा ‘प्रयोजन नै नखुलाई खाली कागजमा सही गराइएको’ भनेर एक स्थानीयले आफूलाई भनेको मनाङेको भनाइ छ । सोझासाझा गाउँलेलाई झुक्याएर किर्ते कागज गराउनु अर्को बेइमानी भएको उनले बताए ।
मनाङ मर्स्याङ्दी क्लबसँग सम्झौता गरेर एग्रो मनाङले अवैध तरिकाले जग्गा लिजमा लिएको उनको आरोप छ । सोही फार्मले राज्य संयन्त्रबाट करोडौँ अनुदान, सहुलियत ऋण लिएको हुँदा अनुदानदाता निकायबाट पनि गम्भीर त्रुटि भएको उनको ठहर छ । विज्ञप्तिमा उनले करिब ३८ रोपनी जग्गामा रुखहरू फँडानी गरिएको, पिसाङमै रहेको जनकल्याण प्राविको जग्गामा मदिरा कारखाना पनि खोलिएको आरोप लगाएका छन् ।
विद्यालयको करिब १० रोपनी र छेउछाउको करिब २८ रोपनी गरी अन्दाजी ३८ रोपनी सार्वजनिक जग्गामा रहेका रुखहरू काटिएका छन् । यी सबै कुरा थाहा पाउँदा पनि मौन बस्नु मलाई जनप्रतिनिधिको हैसियतले उचित लागेन र यस सम्बन्धमा कानुनी उपचारमा जाने निधो गरेँ, उनले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार