माघी समारोहमा एमाले महासचिव पोखरेल बने ‘मदरे’, पत्नी शाक्य बनिन् ‘नचन्या’
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १३:३२:३५
मोहन गुरुङ
२७ पुस, दाङ । माघीको अवसर पारेर दाङ आएका नेकपा एमालेका महासचिव शंकर पोखरेल र उनकी पत्नी सुजाता शाक्य ‘मदरे’ र ‘नचन्या’ बनेर नाचेका छन् । दाङको घोराही उपमहानगरपालिका १६ मा आयोजित माघी मिलन समारोहमा महासचिव पोखरेल ‘मदरे’ र उनकी जीवनसाथी सुजाता शाक्य ‘नचन्या’ नाचेकी हुन् ।
महासचिव पोखरेलले कम्मर मादल भिरेर ‘मदरे’ बनेका थिए भने पत्नी शाक्य ‘नचन्या’ बनेकी थिइन् । साथै मघौटा नाचमा समेत पोखरेल दाम्पत्तिले मनोरञ्जन लिएका थिए । थारु भाषामा ‘मदरे’ भन्नाले मादल बजाउने व्यक्ति र ‘नचन्या’ भन्नाले नाच्ने भन्ने बुझिन्छ । पोखरेल दाम्पत्तिलाई मदेर र नचन्याको भूमिका नाचेको देख्न पाउँदा स्थानीय दंग परेका थिए । स्थानीयले उनीहरुसँग कार्यक्रममा सहभागि भई रमाइलो गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
माघ २, २०८१ बुधबार
बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव सुरु
पुष २८, २०८१ आइतबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने
माघ २१, २०८१ सोमबार