२९ सहसचिव सरुवाको निर्णय तीन दिनपछि सार्वजनिक
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १७:१८:७
५ माघ, काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने ३ दिनपछि सरुवाको सूची सार्वजनिक गरिएको छ ।
यो लटको सरुवामा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि फेरिएका छन् । कार्यपालिकाको निर्णय फेरेको विषयमा अधिकारीसँग बालेन रुष्ट थिए । उनलाई मधेशी आयोगको सचिवको जिम्मेवारी दिएर पठाइएको छ । राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिका पठाइएको छ ।
काठमाडौं महानगरमा केही करार कर्मचारी थप्ने सम्बन्धी प्रस्तावमा गडबडी गरिएको पाइएपछि मेयर बालेन्द्र साहले चार कर्मचारीलाई निलम्बनमा राखेका थिए । उनकै सचिवालयकी एक कर्मचारीले छलछाम गरेर आफ्नी छोरीलाई करार जागिरमा घुसाउने प्रयास गरेकी थिइन् । उक्त काममा प्रमुख प्रशासकीय अधिकृतको पनि हस्ताक्षर प्रयोग भएको पाइएपछि बालेनले उनलाई पनि अफिस नआउन निर्देशन दिएका थिए । उनको गाडी पनि खोसिएको थियो ।
कसलाई कहाँ पठाइयो हेर्नुस् सूची
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
केबलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा धर्ना
माघ २१, २०८१ सोमबार
ओपनएआईद्वारा च्याटजिपिटीका लागि नयाँ ‘डिप रिसर्च’ टूल घोषणा
माघ २१, २०८१ सोमबार
एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलायो
माघ २१, २०८१ सोमबार
भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २१, २०८१ सोमबार