प्रवासी नेपाली मञ्चको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १४:३८:३४
११ माघ, काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको तीन दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।
नेकपा एमाले केन्द्रीय पार्टी स्कुल बिभागसँगको समन्वयमा प्रवासी नेपाली मञ्च केन्द्रीय पार्टी स्कूल बिभागले यही जनवरी २० देखि २२ तारिकसम्म ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
प्रशिक्षणमा बिश्वभर रहेका मञ्चमा आबद्ध करिब ३ सय अगुवा नेता तथा कार्यकर्ताहरू सहभागी भएको मञ्चका उपसचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख चानक पोखरेलले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं पार्टी स्कूल बिभाग प्रमुख प्रदीप ज्ञवालीले जनताको बहुदलीय जनवाद (जवज) द्वारा र १०औं महाधिवेशनको कार्यदिशाबारे विशेष प्रशिक्षण दिएका थिए ।
यस्तै स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुखसमेत रहेका मञ्चका इञ्चार्ज डा. राजन भट्टराईले नेकपा एमाले र प्रवासबीचको अन्तर सम्बन्धबारे प्रशिक्षण दिएका छन ।
भयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य एवं संगठन बिभाग प्रमुख काशिनाथ अधिकारीले सङ्गठन निर्माण, परिचालन र व्यवस्थापनका बिषयमा र पोलिटब्युरो सदस्य ईश्वरी रिजालले माक्सबादी विश्व दृष्टिकोणको विषयमा प्रशिक्षण दिए ।
प्रशिक्षण कार्यक्रममा युरोप महादेश र मध्यपूर्वलाई समुह क तथा उत्तर अमेरिका, ओसियाना र पूर्वी एसियालाई समूह ख मा गरी २ समूहमा विभाजित गरी चार नेताले चार वटा विषयमा छुट्टाछुट्टै प्रशिक्षण दिएका हुन । प्रशिक्षणबाट कार्यक्रमको माध्यमबाट उल्लेख्य संख्यामा प्रशिक्षकहरु तयार पारिएको प्रवासी नेपाली मञ्चका स्कुल विभाग प्रमुख गोविन्द पौडेलले जानकारी दिए ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले प्रवासमा रहेका सबै सदस्यहरुलाई अहिलेको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामबारे प्रष्ट पार्न र बिश्वभर प्रशिक्षण अभियान चलाउन प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।
अध्यक्ष थापाले नेपालको बर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा बिश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी गराउन समेत प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।
स्कुल विभाग प्रमुख गोविन्द पौडेलको अध्यक्षता तथा उपप्रमुख राजु पौडेल उपाध्यायले सञ्चालन गर्नुभएको कार्यक्रममा पूर्वअध्यक्ष भक्त गुरुङ, अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिव चानक पोखरेल, कर्ण शाहीसहित सचिवालय सदस्यहरू प्रभु थापा, भक्त वाग्ले, भक्त गुरुङ, कमलमणि बराल, बिमला भण्डारीसहित अन्तराष्ट्रिय कमिटी, महादेश कमिटी, राष्ट्रिय कमिटी र क्षेत्रीय कमिटीमा आबद्ध नेताहरु सहभागी रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
सोनाम लामाको अध्यक्षतामा यूएनडीओको अन्तर्राष्ट्रिय कार्य समिति गठन
माघ १४, २०८१ सोमबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार
बागमती प्रदेशसभाद्वारा सर्वदली बैठक आह्वान
माघ २१, २०८१ सोमबार
गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा
माघ २१, २०८१ सोमबार
शिक्षकलाई देशभर खटाउन आवश्यक छ : शिक्षामन्त्री भट्टराई
माघ २१, २०८१ सोमबार