ज्येष्ठ नागरिकको भलाकुसारीको चौतारी सेवा केन्द्र
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १५:४०:५३
१६ माघ, तनहुँ । व्यास नगरपालिका-१ जलदेवी चोक निवासी ६९ वर्षे भोजबहादुर दाहालको दैनिकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा बित्ने गरेको छ । बिहानको खाना खाएपछि करिब आधा घण्टा पैदल हिँडेर केन्द्रमा पुग्ने उनी दिनभर त्यही विताउछन् ।
“उमेरका कारण घरमा बसेर काम गर्न पनि सकिदैन्, खाना खाएर निस्केपछि साथीभाइसँगको भलाकुसारीमा समय बितेको पत्तै हुदैन, दिन बिताउन र धर्मबारेमा ज्ञान लिन सजिलो भएको छ”, उनले भने ।
दाहाल जस्तै रामचन्द्र पन्थ पनि मोहरियाटारबाट करिब आधा घण्टा बाटो हिँडेरै ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुग्छन । दैनिक हिँडेर जानेआउने गर्दा शरीरलाई कसरत पनि भइरहेको उनको भनाइ छ । जीवनमा धेरै दुःख कष्ट गरेर सम्पत्ति जमाइयो, अब आराम गर्ने समय हो”, उनले भने, “घरपरिवारबाट पनि सकारात्मक सहयोग र सदभाव प्राप्त भएको छ ।”
वडाका विभिन्न टोल बस्तीबाट दिवा सेवा केन्द्रमा दिनमा ३५÷४० जनासम्म ज्येष्ठ नागरिक जमघट हुने गर्दछन् । आफूले विगतमा गरेका दुःख सुखका गफगाफका साथै केन्द्रमा भजनकीर्तन र धार्मिक प्रवचन गरेर मनलाई हलुका बनाउने काम भइरहेको केन्द्रका अध्यक्ष गणेश जिसीले बताए ।
“धर्मकर्म गर्ने वातावरण सिर्जना गर्दै जीवनशैली सुधारतर्फ ज्येष्ठ नागरिक लाग्ने गरेका छन्”, उनले भने “केन्द्रमा सिकेको धार्मिक ज्ञान गुनका कुरा आफ्ना परिवारमा सिकाउने गरेको छु ।” सुरुमा सोही वडाको चारकुनेको चौतारो नजिक खरले छाएको अस्थायी टहरामा ज्येष्ठ नागरिक बस्ने गरेपनि अहिले सोही स्थान नजिकै आफ्नै पक्की भवन निर्माण गरिएको छ ।
पक्की भवन नहुँदा हावाहुरी, पानी पर्दाको समयमा धेरै कठिनाइ भोग्नुपरेको स्मरण गर्दै तीन वर्षको अवधिमा पक्की भवन निर्माण गर्न सफल भएको उनले जानकारी दिए । गण्डकी प्रदेश सरकारबाट पटक–पटक गरी रु २१ लाख, वडा कार्यालयबाट रु एक लाख ५० हजार र व्यास नगरपालिकाबाट रु ७५ हजार सहयोग प्राप्त भएको थियो ।
उक्त बजेटबाट करिब तीन आना सार्वजनिक जग्गामा दुई ढलानको भवन निर्माण गरिएको केन्द्रका सचिव रामकृष्ण सापकोटाले जानकारी दिए । ज्येष्ठ नागरिकका लागि दिवाको समयमा चिया खाजाका लागि गतवर्ष सङ्घीय सरकारबाट रु दुई लाख र गण्डकी प्रदेश सरकारबाट रु पचासी हजार बजेट निकासा गरी सहयोग गरेको उनले बताए ।
दिवा खाजाका लागि बजेट सहयोग गरिदिन व्यास नगरपालिका कार्यालयमा निवेदन पेश गरिएको र सकारात्मक रुपमा लिइएकाले सहयोग पाउने आशामा रहेको केन्द्रका कोषाध्यक्ष रामदत्त तिवारीले जानकारी दिए । उक्त दिवा सेवा केन्द्रमा चिया पकाएर बिस्कुट लगायतका खाजा खानुका साथै आएका पाहुनालाई समेत स्वागत गर्ने चलन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार