६ महिनापछि गण्डकी प्रदेशसभाको अधिवेशन आजदेखि
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १०:१७:५
१६ फागुन, पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । कुर्सी र टेबुल नयाँ हालेर चिटिक्क पारिएको गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक बस्न लागेको हो । गत असोज ११ गते अघिल्लो अधिवेशन अन्त्य भएको थियो भने बुधबारदेखि विधेयक अधिवेशन सुरु हुन लागेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गरिने जानकारी दिइन् ।
सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको उनको भनाइ छ । “हिउँदे अधिवेशनमा सात वटा विधेयक अगाडि बढाउने तयारीमा सरकार छ,” प्रवक्ता अर्यालले भनिन् ।
संसदको पुराना फेरेर नयाँ स्वरूपका कुर्ची टेबल हालिएको छ । करिब १४ लाख रुपैयाँ बराबरको कुर्ची टेबल फेरेर बनाइएको भवनमा हिउँदे अधिवेशन बोलाइएको छ । कार्पेट पनि नयाँ फेरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
सरकारले बिजनेस दिन नसकेकै कारण ६ महिनादेखि प्रदेश सभा बैठक बस्न नसकेको हो । विधायन अधिवेशनका लागि सरकारले केही विधेयक तयार पारेको जनाएको छ भने प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यी दुवै विधेयक संसदमा पेस गर्ने तयारी छ ।
प्रदेशसभाका कानुन अधिकृत कुमार रिजालले दिउँसो २ बजे प्रदेशसभा बैठक सुरु हुने जानकारी दिए । कार्य व्यवस्था परामर्श समिति बसेर बैठकको कार्यसूची तय गर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार