सिंहदरवारमा सरकार र लघुवित्त पीडितबीच वार्ता सुरु
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १७:३७:३५
१ चैत, काठमाडौं । सिंहदरबार सरकार र लघु वित्त पीडितहरू बीच वार्ता सुरु भएको छ । केहीबेर अघि सिंहदरबार स्थित अर्थ मन्त्रालयमा सरकारी टोली र लघु वित्त पीडितका प्रतिनिधिबीच वार्ता सुरु भएको हो ।वार्तामा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र लघु वित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन् । सरकारले बुधबार वार्तामा आउन पत्राचार गरेको थियो ।
मन्त्रालयले यसअघि नै समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणीलाई घर घरमा गएर गैरकानुनी रुपमा बलजफ्ती नगर्न लघु वित्त सञ्चालकलाई निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकबाट दिइएको नीति निर्देशन विपरीत कार्य गर्ने लघु वित्त वित्तीय संस्थाहरूमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन यस अघि नै निर्देशन दिइएको हो ।
मन्त्रालयद्वारा सह–सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको थियो । उक्त समितिमा गृहमन्त्रालयका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उप–सचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन् । समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उप–सचिव केशव उप्रेती छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार