मयंकले फाले आइपिएलको यस सिजनकै तिब्र बल !
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १०:२९:५१
२१ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग 'आईपीएल' मा लखनऊ सुपर जाइन्ट्सबाट खेलिरहेका तिब्रगतिका भारतीय बलर मयंक यादव चर्चाको केन्द्रमा रहेका छन् ।
गएराती सम्पन्न खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई उसकै घरेलु मैदानमा पराजित गर्ने क्रममा मयंकले तीन महत्वपूर्ण विकेट मात्र लिएनन्, आइपिएलको यस सिजनको अहिलेसम्मको तिब्र बल फालेर चकित पारेका छन् ।
उनले १५६.७ किमीरघण्टाको गतिमा बल फाले, जुन प्रतियोगिताको इतिहासमा चौथो सबैभन्दा छिटो बल थियो भने यस सिजनको अहिलेसम्मकै तिब्र थियो । उनले ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन र रजत पाटीदारलाई आउट गरेका थिए । उनले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएका थिए ।
यस स्पेलमा उनले १५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा ८ बल बलिङ गरेका थिए । यी मध्ये एउटा बल १५६।७ किमीरघण्टाको गतिमा थियो, जुन आइपिएल इतिहासको चौथो सबैभन्दा छिटो बल हो ।
पहिलो नम्बरमा अष्ट्रेलियाका शान टेट छन्, जसले २०११ को आईपीएलमा १५७.७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । त्यस्तै लुकी फर्गुसनले २०२२ मा १५७।३ किमी प्रति घण्टा तिब्र बल फालेका थिए । भारतका उमरान मलिकले २०२२ सिजनमा १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । यस अघि मयङ्कले पञ्जाबविरुद्धको डेब्यु खेलमा १५५.८ किलोमिटररघण्टाको गतिमा बल फालेका थिए ।
यस सिजनमा २ खेल मात्र खेलेका मयंकले अहिलेसम्म ६ विकेट लिएका छन् भने दुवै खेलमा प्लेयर अफ द म्याच समेत बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार