स्याङ्जा दुध, अण्डा र मासुमा आत्मनिर्भर बन्यो
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १२:८:४४
प्रकाश डोटेल
२१ चैत, स्याङ्जा । स्याङ्जा उत्पादन र खपतका हिसाबले दुध, अण्डा र मासुमा आत्मनिर्भर बनेको छ । भेटेरनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार स्याङ्जा दुध, अण्डा र मासुमा आत्मनिर्भर बनेको हो ।
दुई लाख ५३ हजार २४ जनसंख्या रहेको जिल्लामा वार्षिक दुई करोड ८४ लाख ६३ हजार लिटर दुध उत्पादन हुन्छ । वार्षिक प्रतिव्यक्ति न्यूनतम् ९१ लिटर दुध उपभोग गर्नुपर्छ । प्रतिव्यक्ति एक सय १२ लिटर दुध उपलब्धता भएको स्याङजाबाट आन्तरिक खपतपछि ५३ लाख १३ हजार पाँच सय चार लिटर दुध निकासि हुँदै आएको छ ।
जिल्लामा खासगरी भैसी र गाईको दुध उत्पादन हुँदै आएको छ । आन्तरिक खपत र निकासी हुने दुधमा भैसीको २६ हजार सात सय १३ र गाईको एक हजार सात सय ५० मेट्रिकटन दुध उत्पादन हुने गरेको पशु विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक रुपेश श्रेष्ठले बताए ।
वार्षिक न्यूनतम् ४८ वटा अण्डा उपभोग गुर्नपर्ने मापदण्ड रहेपनि स्याङ्जामा प्रतिव्यक्ति दुई सय ३१ वटा अण्डा उत्पादन हुन्छ । पाँच करोड ८६ लाख २७ हजार अण्डा उत्पादन हुने जिल्लामा उपभोगपछि वार्षिक चार करोड ६४ लाख ८१ हजार आठ सय ४८ अण्डा निकासी हुने गरको कार्यालयले जनाएको छ ।
भीरकोट नगरपालिकाको हेलुस्थित खिलुङ् कालिका एग्रो फार्मले जर्मनी प्रविधिमा दैनिक झण्डै डेढ लाख वटा अण्डा उत्पादन गर्दै आएको छ । जिल्लाका भीरकोट, वालिङ र आसपास क्षेत्रका लेयर्स कुखुरापालक कृषकले पनि अण्डा उत्पादन गर्दै आएका छन् ।
मासुमा समेत आत्मनिर्भर रहेको जिल्लामा वार्षिक ३५ सय ५२ मेट्रिकटन मासु उत्पादन हुदै आएको छ । प्रतिव्यक्ति वार्षिक १४ किलो मासु चाहिनेमा आन्तरिक उत्पादनले जिल्लालाई धानेको छ । मासु उत्पादनमा सबै भन्दा बढि भैसी, राँगा, खसी, बाख्रा र कुखुरा छ भने भेडा र बंगुर सामान्य मात्रामा उत्पादन हुन्छ ।
जिल्लाका पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ्, चापाकोट र आँधीखोलामा बढिमात्रामा दुध उत्पादन हुँदै आएको केन्द्रका पशु विकास अधिकृत गोपाल गिरीले बताए । उनका अनुसार उत्पादनका हिसाबले चापाकोट, बिरुवा, कालिगण्डकीमा बढि मात्रामा मासु उत्पादन हुन्छ ।
६८ हजार नौ सय २३ घरधुरी रहेको जिल्लामा ४५ हजार दुई सय १२ घरपरिवार पशुपालनमा संलग्न छन् । विज्ञ केन्द्रका अनुसार जिल्लामा छ सय १४ बाख्रा, चार सय ८ कुखुरा, दुई सय नौ गाईभैसी फार्म सहित साना र ठूला गरी १४ सय ८९ वटा पशुपंक्षी फार्महरु संचालनमा छन् । दुध, अण्डा र मासु उत्पादनमा वर्षेनी बृद्धि हुँदै आएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार