आलुखेतीबाट मनग्य आम्दानी गर्दै बम्घाको टाहाटिम
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १४:५०:१९
२१ चैत, गुल्मी । गुल्मीका किसान व्यावसायिक रुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक गाउँपालिकाका किसान व्यवसायिक आलुखेतीमार्फत आत्मनिर्भर बनेका छन् ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका– ५ स्थित बम्घाको टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत व्यावसायिक रुपमा आलु उत्पादन गरिँदै आएको छ । त्यस क्षेत्रमा ६० घरपरिवार आलु र तरकारी पकेट समूह बनाएर स्मार्ट कृषि गाउँ कार्यक्रममा आवद्ध छन् ।
यहाँका किसानले पाँच हेक्टर जमिनमा आलुखेती गरेर वार्षिक ९० मेट्रिकटनभन्दमा बढी आलु उत्पादन गर्दै आएको स्थानीय किसान मेघराज गिरीले जानकारी दिए । बम्घा टाहाटिमकी राधिका गिरीले खेत र बारी गरेर पाँच रोपनी क्षेत्रफलमा आलुखेती गरेकी छिन् । उनको बारीमा र खेतमा गरेर यसपटक २० क्विन्टलभन्दा बढी आलु उत्पादन भएको छ । आलुसँगै उनले खेतमा धान, मकै, सिमी र काउली पनि उत्पादन गर्छिन् ।
टाहाटिमका किसानहरु यतिबेला खेतमा आलु खन्न व्यस्त छन । गत वर्षको तुलनामा यसपटक आलुले राम्रै बजार पाएको स्थानीय किसान मेघलाल गिरीले बताए । उनका अनुसार अहिले स्थानीय बजारमा प्रतिकिलो रु ४० मा धमाधम आलु बिक्री भइरहेको छ ।
लुम्बिनी प्रदेश सरकारमार्फत कृषि ज्ञान केन्द्र गुल्मीद्वारा टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भइरहेको छ । बम्घाको टाहाटिममा दुई वर्षअघिदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रम बम्घाका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रले बीउ, मल, विषादी, मेसिन, सिँचाइ र बीउ सङ्कलन केन्द्रसम्म पु¥याउन ढुवानीलगायतका क्षेत्रमा सहयोग गर्दै आएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । बम्घाको टाहाटिमका किसान पूर्खाँै देखि आलुखेती गर्दै आइरहेका छन् ।
आलु खेतीका लागि उर्वरभूमि भएका कारण त्यस क्षेत्रमा अन्य खेतीको तुलनामा मनग्य रुपमा आलु उत्पादन हुने गर्दछ । पछिल्लो समयमा अधिकांश ठाउँमा आलु उत्पादक किसानलाई आलुमा लाग्ने कमिलो र डढेलो रोगका कारण पिरोली रहन्छ । बम्घामा भने कमिलोभन्दा समय समयमा डढेलोको प्रकोप बढी देखिने गरेको बताइएको छ ।
कृषि ज्ञान केन्द्रले जिल्लाको मुसिकोट नगरपालिका– १ अन्तर्गत भर्माचौर, सत्यवती गाउँपालिकाको साहघाट, मदाने गाउँपालिका ६ अन्तर्गत सिम र मालिका गाउँपालिकाको अर्खाबाङ्मा आलुको पकेट क्षेत्र बनाइ व्यावसायिक रुपमा आलु र आलुको बीउ उत्पादन गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार