टि-१० क्रिकेट लिगमा पर्साका डाक्टरले पत्रकारलाई फराकिलो रन अन्तरले हराए
आबिद हुसेन
बैशाख ४, २०८१ मंगलबार १२:४:३१
४ वैशाख, वीरगन्ज । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं वार्षिक उत्सवको अवसरमा आयोजित टि-१० क्रिकेट लिग प्रतियोगितामा नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई फराकिलो रन अन्तरले हराएको छ ।
टि-१० क्रिकेट लिग प्रतियोगिता अन्तर्गतको मंगलबार भएको तेस्रो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई ६१ रनले हराएको हो ।
वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा १०७ रनको लक्ष्य पाएको पत्रकारले ९ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले ६१ रनले जितेको हो ।
यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल मेडिकल एसोसिएसन पर्साले १० ओभरमा ८ विकेटको क्षतिमा १०६ रन बनाएको थियो ।
अहिलेसम्म जिल्लामा भएको विभिन्न प्रतियोगितामा जित्दै इतिहास राखेको नेपाल पत्रकार महासंघ पर्साले नेपाल मेडिकल एसोसिएसन पर्सासँग पहिलो पटक हार व्यहोर्नु परेको हो ।
खेलको म्यान अफ दि म्याच नेपाल मेडिकल एसोसिएसन पर्साका खेलाडी डा. नदिम हुसेन घोषित भए । उनलाई नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. उदयनारायण सिंहले शिल्ड प्रदान गरेका थिए ।
नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयको आयोजनामा सोमबारबाट सुरु भएको टि-१० क्रिकेट लिग प्रतियोगिता वैशाख ५ गते सम्म चल्ने नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।
प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी भएको उनले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार