मतदातामा देखिएन उत्साह, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मत खस्यो
नेपालबहस संवाददाता
बैशाख १५, २०८१ शनिबार १९:४७:४२
काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ म प्रदेशसभा सदस्य चयनका लागि शनिबार भएको उपनिर्वाचनमा शान्तिपूर्ण मतदान सकिएको छ । निर्वाचन आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्ति अनुसार इलाममा ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ ।
दुवै स्थानमा ०७९ को निर्वाचन भन्दा कम मत खसेको हो । इलाममा गत ०७९ को निर्वाचनमा ५९.७८ प्रतिशत मतदान भएको थियो । यो पटक करिब ५८ प्रतिशत मत खसेको हो । निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार ८८९ मतदाता छन् ।
यसैगरी बझाङको प्रदेश सभा क्षेत्र नं. १ पनि अघिल्लो निर्वाचनमा भन्दा कम मत खसेको छ । ०७९ मा भएको निर्वाचनमा ५२.९८ प्रतिशत मत खसेको थियो । यो पटक ५० प्रतिशत मतदाताले मतदान गरे ।
बझाङ प्रदेशसभा १ मा कूल ६१ हजार ७८४ मतदाता थिए । यद्यपी आयोगले मतदानको विवरण आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको जनाएको छ ।
इलाममा आजै मतगणना हुने
इलाममा इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११ः०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ । तर बझाङमा भने हवाइ मार्गबाट पनि मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले आइतबार विहान १० बजेभित्र ढुवानी भइसक्ने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।
बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानका मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने आयोगको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार
संसदीय सुनुवाइबाट न्यायपरिषदमा खड्का अनुमोदित
माघ २०, २०८१ आइतबार
भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध
माघ २०, २०८१ आइतबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार