बिरुवामा नेपाली सेनाको दुईदिने निःशुल्क स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १३:३१:५३
१६ जेठ, स्याङ्जा । ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य परिक्षण गर्ने उदेश्यले नेपाली सेनाले दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । सिंह शार्दुल गुल्म आँधीखोला ब्यारेक स्याङजाको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको हो ।
स्वास्थ्य कार्यालय स्याङ्जा, जिल्ला अस्पताल, भीरकोट स्वास्थ्य चौकी र बिरुवा गाउँपालिकाको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न हुने आँधीखोला व्यारेकले जनाएको छ । बिरुवा गाउँपालिकाको ८ नम्वर वडा स्थित मेथाभुरुङ भीरकोट स्वास्थ्य चौकीमा जेठ १६ र १७ गते स्वास्थ्य शिविर आयोजना गरिएको आँधीखोला व्यारेकका गुल्मपति पुरुषोत्तम कार्कीले जानकारी दिए ।
शिविरमा छाला तथा यौन रोग, पेट, छाती तथा मुटु रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाटी, स्त्री रोग तथा प्रसुती सेवा, दन्त चिकित्सक सेवा सहित बिशेषज्ञ चिकित्सकबाट बाल रोग, भिडियो एक्सरे लगायतका सेवा उपलब्ध हुने गुल्मपति कार्कीले बताए ।
नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराई लाभ लिन गुल्मपति कार्कीले सबैमा आग्रह गरेका छन् । झण्डै ६ सय जनालाई यो सेवा पु¥याउने लक्ष्य सेनाले लिएको छ ।
यसभन्दा अगाडी स्याङ्जाको आँधीखोला व्यारेकमा रहेको शमरजित गुल्म सरेपछि सिंह शार्दुल गुल्म स्याङ्जा आएको हो । स्याङ्जा आएको झण्डै एकमहिनामा गुल्मले ग्रामिण क्षेत्रमा पुगेर नागरिकको स्वास्थ्य परिक्षण गर्ने सामाजिक उत्तरदायित्त्वमा लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
असोज २५, २०८१ शुक्रबार
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
दशैंको किनमेल स्थानीय हाटबजारमा
असोज २५, २०८१ शुक्रबार
निङ्गलाशैनी भगवती मन्दिरमा दर्शनार्थी
असोज २५, २०८१ शुक्रबार
बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन
असोज २५, २०८१ शुक्रबार
पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन
असोज २५, २०८१ शुक्रबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे
असोज २५, २०८१ शुक्रबार