गर्मीका कारण हेटौंडाका शैक्षिक संस्थाहरू बन्द, पटक-पटक बत्ती जाँदा जनजीवन प्रभावित
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार ९:५८:५०
३२ जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो समय गर्मी र बिजुलीको समस्याले जनजीवनलाई कष्टकर बनाएको छ। अत्यधिक गर्मीका कारण बिहिबारदेखि शैक्षिक संस्थाहरू बन्द गर्नुपरेको छ भने बिद्युत् प्राधिकरणबाट पटक-पटक बिजुली कटौती गर्ने गरिएकाले जनजीवन झन् त्रसित बनेको छ।
गर्मीको मार झेल्न नसक्ने अवस्थामा पुगेपछि हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिन बिदा दियो । विगतका केही वर्षयता नै गर्मीको समस्याले शिक्षा क्षेत्रलाई प्रभाव पारिरहेको भए पनि यस वर्ष गर्मीको मात्रा अत्यधिक बढेको छ।
अत्यधिक गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठनमा असहज मात्र होइन धेरै विद्यार्थीहरू बिरामी समेत परेका छन्। गर्मीले विद्यालयमा पठनपाठनको वातावरण नै अनुपयुक्त बनाएको छ। विद्यार्थी, अभिभावक र शिक्षकहरूबाट विद्यालय बन्द गर्न अनुरोध आएपछि उपमहानगरले वर्षे बिदा बाट केही दिन कट्टी गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
गर्मीकै समस्याले जनजीवन कष्टकर बनिरहेको समयमा विद्युत प्राधिकरणले छिन-छिनमा बिजुली कटौती गरेर झन् समस्या थपेको छ। पछिल्लो दुई साताको अवधिमा हेटौंडा र आसपासका क्षेत्रमा बिद्युत् प्रसारण अनियन्त्रित जस्तै बनेको छ ।
दिनमा ३५ पटक भन्दा बढी बिजुली जाने आउने समस्या यहाँका बासिन्दाले भोगिरहेका छन्। “झ्याप्प आउने झ्याप्प जाने” बिजुली कटौतीले इलेक्ट्रोनिक सामग्रीहरू बिग्रने समस्या पनि उत्पन्न भएको छ।
हेटौँडावासीले गर्मी र बिजुलीले जनजीवनलाई कष्टकर बनाएको गुनासो गरिरहेका छन्। विद्यार्थीहरूको पढाइमा समस्या आएको छ भने गर्मीका कारण विभिन्न शारीरिक समस्याहरू पनि देखिन थालेका छन्। घरभित्र नै गर्मी सहनलायक बनेको छैन भने बिजुलीको अभावमा झन् समस्या बढेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
ग्रामीमा शीर्ष कन्ट्री एल्बम सम्मान बियोन्सेलाई
माघ २१, २०८१ सोमबार
सरस्वतीको मूर्तिमा पूजा गरिँदै
माघ २१, २०८१ सोमबार
कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु
माघ २१, २०८१ सोमबार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
माघ २१, २०८१ सोमबार
काठमाडौंका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
सरस्वतीको पूजाको अवसरमा विद्यालयमा विद्यार्थीहरूको पूजा आराधना [ फोटो फिचर ]
माघ २१, २०८१ सोमबार