मन्त्रालयगत विनियोजनमाथि प्रश्न उठाएर कांग्रेसले माग्यो बजेटमा पुनर्लेखन, बोलायो संसदीय दल
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार १५:४२:४४
५ असार, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट पारित हुने अघिल्लो दिन आएर नेपाली कांग्रेसले बजेटमाथि पुनर्लेखन हुनुपर्ने माग राखेको छ । मन्त्रीहरूले बजेटमा आफूखुसी गरेको भन्दै कांग्रेसले पुनर्लेखन गर्न माग गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बजेटमा हस्तक्षेप गरी पुनर्लेखन गर्न आग्रह गरेको छ ।
शक्ति र सत्ताको दुरुपयोग गरी मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लगेको कांग्रेसको ठहर छ । कांग्रेसले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने नत्र पारित गर्न नहुने दावी गरेको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने पक्षमा कांग्रेस रहेको बताए ।
उनले मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको भन्दै बजेट पुनर्लेखन हुनेपर्ने बताए । लेखकले यो शक्ति र सत्ताको दुरुपयोग गरी मन्त्रबीहरुले बजेटमा अत्याचार गरेको दावी गरे । बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मुल मान्यतामाथि नै त्रुटी भएको दावी गरे ।
मन्त्रीजीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो । यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो, उनले भने । लेखकले प्रधानमन्त्रीले मन्त्रीहरूलाई बोलाएर बजेट पुनर्लेखन गर्न लगाउनुपर्ने र अन्यथा प्रधानमन्त्री नै बेठीक ढंगको बजेट विनियोजनमा संलग्न रहेको बुझिने बताए ।
यस विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक पनि बोलाएको छ । कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । त्यस अघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ । सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको बताइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
रास्वपामा लफडा, मुकुललाई पार्टीमा फर्काउन खोज्ने कोशी प्रदेश सभापति निलम्बित
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
माघ ४, २०८१ शुक्रबार
महिला विश्वकप क्रिकेटको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्ने
माघ ४, २०८१ शुक्रबार
रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
माघ ४, २०८१ शुक्रबार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ
माघ ४, २०८१ शुक्रबार
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
माघ ४, २०८१ शुक्रबार