बेनीमा मौसम मापन केन्द्र स्थापना
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १४:२१:३६
१० असार, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न सकिने केन्द्र स्थापना गरेको हो ।
केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट बेनी आसपासका तापक्रम, वर्षा, हावाको गतिसम्बन्धी सूचना तत्कालै उपलब्ध हुनुका साथै तथ्याङ्क भण्डारण गरिने जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख सुजन सुवेदीले जानकारी दिए ।
“केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट प्राप्त हुने मौसमसम्बन्धी जानकारी केन्द्रीय सर्भरमा निरन्तर अपडेट र भण्डारण हुन्छ,” उनले भने“सर्भरसँग कनेक्शन गरिएको वेबसाइटमार्फत विवरण सार्वजनिक हुने व्यवस्था मिलाइएको छ ।”
विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणका साथै भण्डारण भएको तथ्याङ्क र अभिलेख अध्ययन–अनुसन्धानका लागि उपयोगी हुने कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । बेनीमा रहेको मौसम मापन केन्द्र वि.सं २०६० चैत ७ गते बेनी भिडन्तका क्रममा क्षति पुगेपछि बन्द भएको थियो । बेनी नगरपालिकाले मौसम मापन केन्द्र स्थापना गर्न कार्यालय परिसरमा जग्गा उपलब्ध गराएको छ ।
जिल्ला सदरमुकाममा मौसमसम्बन्धी जानकारीको अभाव भएको गुनासो बढेपछि मौसम मापन केन्द्र पुनःस्थापनाका लागि पहल गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । तापक्रम, वायु र वर्षाबारे जानकारी लिने संयन्त्र जडान भएपछि विपद्को क्षति न्यूनीकरण र व्यवस्थापनका लागि पूर्वतयारी गर्न सहज हुने उहाँको भनाइ छ ।
बेनीसहित गण्डकी प्रदेशमा २६ वटा मौसम मापन केन्द्र रहेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्राविधिक प्रकाश गुरुङले जानकार दिए । २६ मध्ये १२ वटा मौसम मापन केन्द्रमा स्वचालित उपकरण जडान भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
उपरथीमा बढुवा भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न
मंसिर १९, २०८१ बुधबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार