संसदीय छानबिन समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा लगानी गरेका सहकारीको कागजात
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार १६:७:४
१२ असार, काठमाडौं । प्रतिनिधि सभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले सहकारीको बचत अपचलनको छानबिनको सम्बन्धमा गोरखा मिडिया नेटवर्कमा लगानी गरेका विभिन्न सहकारीको फाइल माग गरेको छ । समितिको बुधबार बसेको बैठकले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने संस्थाको वर्तमान अवस्थाको बारेमा पूर्ण जानकारी माग गर्ने निर्णय भएको हो ।
समिति सदस्य ईश्वरी न्यौपानेका अनुसार गोरखा मिडिया नेटवर्कसम्बन्धी फाइल र सहकारी संस्थाका बचत रकम दुरूपयोग बारे अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात माग गर्ने निर्णय छ । यी मध्ये पोखराको सूर्यदर्शनलगायत केही सहकारीबाट गोरखा मिडियामा बचत रकम आएको आरोप छ । ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया हो ।
समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ ।
रवि लामिछाने ग्यालेक्सी टीभीको प्रबन्धक थिए । रवि लामिछाने पनि सहकारी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो । सहकारीका पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदनलगायत माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीको आरोपमा पक्राउ परेका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
माघ २०, २०८१ आइतबार
उमागौरी सहकारी ठगी प्रकरणः जिल्ला अदालत मोरङले अध्यक्ष रौनियारलाई थुनामा पठायो
माघ २०, २०८१ आइतबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता : ट्रम्प र पुटिनमाथि नजर !
माघ २१, २०८१ सोमबार
अर्जुन ट्रफी क्रिकेटः डडेल्धुराको दोस्रो जित
माघ २१, २०८१ सोमबार
टक्सारको सरस्वती गुफा ओझेलमा
माघ २१, २०८१ सोमबार
भेरी नदीमा रहेको बेलिब्रिज पुल
माघ २१, २०८१ सोमबार
वसन्त श्रवण गर्दै राष्ट्रपति पौडेल
माघ २१, २०८१ सोमबार