भू–क्षय रोक्न गण्डकीमा १६६ योजना निर्माण
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार ११:४६:१६
२९ असार, म्याग्दी । म्याग्दीसहित गण्डकी प्रदेशका पाँच जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत आर्थिक वर्ष २०८०/८१ मा एक सय ६६ योजना निर्माण गरिएका छन् । म्याग्दीमा १९, बागलुङमा ४७, मुस्ताङमा नौ, पर्वतमा ४५ र स्याङ्जामा ५३ वटा नदी, बाढी र पहिरो नियन्त्रणसम्बन्धी योजना निर्माण भएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए ।
“पुँजीगत शीर्षकमा एक सय ७३ वटा योजनाका लागि रु आठ करोड ९१ लाख ५० हजार बजेट विनियोजन भएकोमा सातवटाबाहेक सबै कार्यान्वयन भए”, उनले भने । ती आयोजनाबाट तीन हजार परिवार लाभान्वित भएका छन् ।
उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गर्न रु आठ करोड २७ लाख सात हजार खर्च भएको कार्यालय प्रमुख पौडेलले बताए । पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा ग्याबियन पर्खाल, तटबन्ध निर्माण गर्ने, भलबाढी तर्काउने नाली निर्माण, खोल्सी संरक्षण, पोखरी निर्माण र मर्मतसम्बन्धी काम भएको छ ।
समग्रमा ९५ प्रतिशत भौतिक र ८८ दशमलव ९४ प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए । चौध वटा पानीका मुहान संरक्षण र १३ वटा पोखरी निर्माण तथा मर्मतसम्भार गरिएका छन् । कार्यालयअन्तर्गतका नर्सरीमा ६५ हजार घाँसका बिरुवा उत्पादन गरी कृषकलाई वितरण गरिएको छ ।
म्याग्दीको मालिका गाउँपालिकामा दरबाङ, फूलबारी, खोप्टी, चिउरीबोट, मङ्गलाको पीपलबोट, ताराखेत, थापाचौर, सिद्धथान, रघुगङ्गाको दर्मीजा तातोपानी कुण्ड, सिजलगाउँ बाहुनबारी, धौलागिरि गाउँपालिकाको पन्थोक भूमेथान, बेनी नगरपालिकाको चिप्लेटी बस्ती र ढोल्थान दरवार संरक्षण योजना निर्माण भएको कार्यालयका सवइञ्जिनियर देवान विकले बताए ।
यसैगरी बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुहान संरक्षण, रघुगङ्गा–२ बुझबुझेमा पोखरी निर्माण र बेनपा–२ खबरामा सिम्ले पोखरी मर्मत भएको छ । आगामी आवका लागि म्याग्दीका १६ वटा योजनाका लागि रु ७९ हजार बजेट विनियोजन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । आव कूल रु १२ करोड ९० लाख बजेट प्राप्त गरेको कार्यालयमार्फत कार्यान्वयन हुने पर्वतमा ५१, बागलुङमा ४६, स्याङ्जामा ३८ र मुस्ताङमा आठ योजना छनोट भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार