सभापति देउवाले नाम मागेपछि कोइराला समूहमा मन्त्री पठाउने बारे छलफल, ४ जना दावी गर्ने निर्णय
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार १२:४२:२६
३० असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीहरूका विषयमा आफ्नो समूहका नेताहरूसँग छलफल गरेका छन् । ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेर भोलि शपथ गराउने तयारी छ ।
आज साँझसम्ममा सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाइसक्नु पर्ने भएकाले कोइरालाले आइतबार बिहान आफ्नो सचिवालय विशालनगरमा नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । कोइरालाले आफ्नो समूहबाट मन्त्रीको नाम पठाउनुपर्नेछ । सभापति शेरबहादुर देउवाले मिलाएर तीन जनाको नाम पठाउन भनेका छन् । तर, बैठकले चार जना दावी गर्ने निर्णय गरेको छ ।
ओली नेतृत्वको सरकारमा कांग्रेसले पाउने मन्त्रालयको संख्या पनि घट्ने देखिन्छ । साना दललाई पनि सरकारमा सामेल गराउनुपर्ने भएकाले कांग्रेसले ९ मन्त्रालय मात्र पाउने देखिएको छ । कोइरालालाई समूहबाट ४ मन्त्रालय दिनुपर्ने माग राखेर सभापतिलाई दवाव दिन नेताले सुझाएका छन् । समूहबाट सरकारमा मन्त्री पठाउने विषयको छलफलमा समूहका प्राय नेताहरु उपस्थित थिए ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।
कोइरालाको सचिवालय विशालनगरमा भएको छलफलमा उपसभापति धनराज गुरुङ,महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परिवार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, बलबहादुर केसी,दिलेन्द्र बडु, डा मीनेन्द्र रिजाल, डा चन्द्र भण्डारी लगायत सहभागी थिए । छलफलमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए । आज अबेरसम्ममा कोइरालालाई आफ्नो समूहबाट नाम पठाउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति
माघ २१, २०८१ सोमबार
सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
माघ २१, २०८१ सोमबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार
६ महिनामा वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
माघ २१, २०८१ सोमबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २१, २०८१ सोमबार
सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति
माघ २१, २०८१ सोमबार
सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
माघ २१, २०८१ सोमबार
तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
माघ २१, २०८१ सोमबार
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
माघ २१, २०८१ सोमबार