रौतहटमा ४ लाखबढी अवैध रकमसहित भारतीय नागरिक पक्राउ
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १८:२९:११
१० साउन, रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त टोलीले ४ लाख भन्दा बढी अवैध रुपैया सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गौर नगरपालिका २ भन्सार इलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख डीएसपी राजेश कुमार श्रेष्ठको कमान्डमा सशस्त्र बल नेपाल र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको विआर ३० एसी ७९१४ नम्बरको मोटरसाइकल चेक जाँच गर्दा मोटरसाइकलको भाईजर भित्र लुकाएको ४ लाख ४० हजार रुपैया बरामद भएको हो ।
मोटरसाइकल चालक भारत विहार जिल्ला सितामढी बैरगनिया -८ असोगी टोल बस्ने वर्ष ४७ को प्रदिप कुमार वर्मा लाई श्रोत नखुलेको नेपाली रुपैया चार लाख चालिस हजार र हिरो स्प्लेन्डर मोटर साइकल सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् । पक्राउ परेका वर्मालाई आवश्यक कारवाहीको लागि बरामद रुपैया र मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालय गौरमा रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार