राजविराजको मुख्य बजारमै गाईगोरुको रजाइँ
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १७:१:४३
२७ साउन, राजविराज 'सप्तरी' । राजविराज नगरभित्र छाडा रुपमा छाडिएका गाईगोरुलाई नियन्त्रण गर्न नसक्दा सडक दुर्घटनाको जोखिम बढेको छ । पशुपालकले पशुचौपाया मनपरी छाड्ने गरेका कारण सप्तरीको सदरमुकाम राजविराजको मुख्य बजारमै गाईगोरुको रजाइँ देखिएको छ ।
राजविराजको रुपनी रोडदेखि गजेन्द्र चोकसम्मको मुख्य सडकमा गाईगोरु बीच सडकमै हिँड्डुल गर्दा सर्वसाधारणलाई आउजाउ गर्न समस्या हुने गरेको छ । छाडा रुपमा छाडिएका गाईवस्तुका कारण चालकलाई बढी समस्या भएको छ । छाडा गाईवस्तुका कारण नागरिकलाई सडक पेटीमा हिँड्नसोत मुश्किल हुने गरेको छ । जुन सुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा छ ।
बजारको मुख्य सडक दशन चोकमा समेत यत्रतत्र छाडा गाईगोरु देखिन्छन् । त्यहाँ फलफूल पसल सञ्चालन गर्दै आएका नरेश मण्डल दैनिकरुपमा छाडा गाईवस्तुका कारण हैरानी बेहोर्नु परिरहेको बताउँछन् । पसलमा राखेका फलफूल गाईगोरुले खाएर दुःख दिने गरेको उनको भनाइ छ । मण्डल मात्र होइन अरु पसलेको पनि मुख्य समस्या यही रहेको छ ।
छाडा गाईगोरु नियन्त्रण गर्न राजविराज नगरपालिकाले ध्यान नदिएको व्यापारीको आरोप छ । साँझतीर छाडा गाईगोरुको बीच सडकमै बास हुन्छ । मोटरसाइकल चालक रोशनकुमार गोइतले भने, “साँझमा हाट बजारमा तरकारी किन्नै सकिँदैन, छाडा गाईगोरु सडक कब्जा गरेर बसेका हुन्छन् । तरकारी व्यापारीलाई पनि समस्या भइरहेको छ ।”
राजविराजमा मुख्य सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्थाहरु भएका कारण सरकारी कार्यालय जाने बीच सडकमा छाडा गाईगोरु बस्दा समयमै कार्यालय पुग्न कठिनाइ हुने गरेको कर्मचारी बताउँछन् । ट्राफिक प्रहरीले समेत छाडा गाईवस्तुलाई सडकबाट हटाउन नसक्दा सडक दुर्घटनाको खतरा अत्यधिक रहन्छ ।
छाडा गाईवस्तुका कारण राजविराजको बजार क्षेत्र दुर्गन्धित भएको छ । राजविराज नगरपालिकाले गाईगोरुलाई नियन्त्रण गर्ने उपाय नअपनाउँदा नगरवासी हैरान भएका छन् । राजविराजका सडकमा देखिएका छाडा गाईगोरुको समस्या चाँडै समाधान गरिने कार्यवाहक नगरप्रमुख इसरत प्रवीनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
मधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
महोत्तरीमा अज्ञात रोगले भैँसी धमाधम मर्न थालेपछि किसान चिन्तित
माघ २२, २०८१ मंगलबार
नेपालमा क्यान्सरबाट १६ हजार बढीको मृत्यु, प्रारम्भिक चरणमा पहिचान भए निर्मूल हुने
माघ २२, २०८१ मंगलबार
१० देखि १४ वर्षका किशोरीहरूलाई आजदेखि निःशुल्क एचपीभी खोप दिइँदै
माघ २२, २०८१ मंगलबार
तिमाङको जंगलमा लागेको आगो अझै निभाउन सकिएन
माघ २२, २०८१ मंगलबार
शिक्षासहित तीनवटा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ २२, २०८१ मंगलबार
काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी
माघ २२, २०८१ मंगलबार