नारायणगढ बजारको चहलपहल बढाउन २४सै घण्टा खुल्ला गर्न माग
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १५:१:७
९ भदौ, नारायणगढ 'चितवन' । यहाँका व्यवसायीले नारायणगढ बजार २४सै घण्टा खुला गर्न माग गरेका छन् । शनिबार नारायणगढमा सम्पन्न होटल व्यवसायी संघ चितवनको २८औँ साधारणसभामा व्यवसायीले नारायणगढ बजार सुनसानझैँ भएकाले चहलपहल बढाउन २४सै घण्टा होटल तथा बजार खुला राख्न माग गरेका हुन् ।
विगतमा नारायणगढको पूल्चोक बजार सधैँ खुला रहेको स्मरण गर्दै होटल व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष इमान्दु बरालले देशकै केन्द्रविन्दुमा रहेको पुल्चोक फेरि २४सै घण्टा खुला राख्नुपर्ने बताए । उनले भरतपुर भ्रमण वर्षले यहाँका होटलको अवस्थामा केही सुधार भएको उल्लेख गरे । होटलमा दक्ष जनशक्तिको अभावका कारण व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको उनको भनाइ थियो । उनले भने, “होटलमा केही समय काम गर्न आउने सिक्ने अनि विदेशतिर जानेको जमात धेरै छ । अहिले होटल विदेश जानका लागि तयार गर्र्ने थलोजस्तो भएको छ ।”
उनले देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिएको नारायणगढ बजार अहिले ७० प्रतिशत खाली रहेको जानकारी दिए । पार्किङको समस्याले गर्दा पनि व्यवसायी पलायन हुने अवस्था भएको उनले बताए । नारायणी नदी किनारमा रहेका साना अव्यवस्थित घुम्ती होटललाई व्यवस्थित गरी नारायणी किनारलाई सुन्दर बनाएर नारायणगढको पहिचानको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । बरालले बजारलाई चलायमान बनाउन २४सै घण्टा खुलाएर सेवा दिनुपर्ने धारणा राखे ।
उद्योग वाणिज्य संघ चितवनका कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदीले भरतपुर भ्रमण वर्षले प्रत्यक्ष फाइदा होटल व्यवसायीलाई भएको र अप्रत्यक्ष रुपमा सबै व्यवसायीलाई फाइदा भएको बताए । उनले नारायणगढ बजारको अवस्था पार्किङको कारणले अस्तव्यस्त भएको हुँदा वैकल्पिक व्यवस्था गरिनुपर्ने बताए । संघले व्यवसायीहरूको समस्या समाधानका लागि विभिन्न काम गर्दै आएको र समस्या समाधानमा सबै व्यवसायी जुट्नुपर्ने उनको भनाइ थियो ।
होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले जुनसुकै व्यवसायमा पनि काम गर्ने जनशक्ति अभाव रहेको उल्लेख गरे । उनले जनशक्ति उत्पादनका लागि एकद्वार प्रणलीबाट तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । स्थानीय तहहरूले दिने तालिममा होटल व्यवसायी संलग्न भएर तालिम लिने वातावरण हुनुपर्ने र यसलाई व्यावहारिक बनाउनुपर्ने बताए । उनले भने, “तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । जसले गर्दा तालिम लिएका आधा बाहिर गए पनि आधा जनशक्तिले यहीँ काम गर्ने अवसर पाउँछन् ।”
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षाले यहाँका होटल व्यवसायीलाई टेवा पुगेको बताइन् । उनले यहाँको होटल तथा पर्यटन चलायमान बनाउन भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटेबाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बङ्गला दरबार खुला गरिएको बताइन् ।
उनले भ्रमण वर्षकै अवसरमा आगामी कात्तिकमा धार्मिक महोत्सव गर्न लागिएको जानकारी दिए । त्यसैगरी भ्रमण वर्ष समापनमा खाना महोत्सव गरिने उनले बताइन् । नारायणढमा भएको पार्किङलगायतका समस्या समाधान गर्न स्थानीय, व्यवसायी र महानगरको छलफलबाट समाधान खोजिने आश्वासन उनले दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग
माघ १८, २०८१ शुक्रबार
हेलिकोप्टरसँग ठोक्किएर अमेरिकमा ६४ जना यात्रु सवार विमान दुर्घटना
माघ १७, २०८१ बिहिबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार
बागमती प्रदेशसभाद्वारा सर्वदली बैठक आह्वान
माघ २१, २०८१ सोमबार
गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा
माघ २१, २०८१ सोमबार
शिक्षकलाई देशभर खटाउन आवश्यक छ : शिक्षामन्त्री भट्टराई
माघ २१, २०८१ सोमबार