यसरी निकालिदैछ दमकमा श्रीकृष्णको रथयात्रा
यज्ञप्रसाद भट्टराई
भदौ १०, २०८१ सोमबार १२:५९:३९
१० भदौ, दमक । बिगत बर्षहरुमा झै यस बर्ष पनि निकालिने श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा रथयात्राको तैयारी गरिएको छ । दमककै शानका रुपमा परिभाषित गरिदै आएको श्रीकृष्णको रथयात्रालाई शभ्य र भब्य बनाउन आवश्यक पर्ने तैयारी अन्तिम अवस्थामा पुगेको श्रीकृष्ण प्रणामी मन्दीर दमकका अध्यक्ष तथा श्रीकृष्ण रथयात्रा ब्यवस्थापन समितिका महासचिव प्रेम भट्टराईले नेपालबहश डटकमलाई जानकारी गराएका छन् । दमक नगर पालिका संरक्षक रहेको श्रीकृष्ण रथयात्रामा बिसौं हजार मानिसको सहभागिता रहने आयोजकले जनाएका छन् ।
श्रीकृष्णको रथयात्रााई ब्यवस्थित बनाउन बिभिन्न उपसमितिहरु गठन गरिएको र बुधबार मात्रै उक्त उपसमितिहरुको बैठक गरी आवश्यक तैयारीमा कुनै कसर बाँकी नराख्ने गरी छलफल भएकोे भट्टराईले बताए । बिगत बर्षमा पनि श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट दमकमा बृहद् रथयात्रा निकालिने प्रचलन रहदै आएको छ । यस बर्षको रथयात्रा भाद्र ११ गते निकालिदैछ ।
श्रीकृष्ण रथयात्रा ब्यवस्थापन समितिका अध्यक्ष रोहित आचार्यको अध्यक्षतामा बिभिन्न चरणमा बिभिन्न तैयारी बैठक भैरहेको र बिगत बर्षहरुमा देखिएका कमजोरीहरुलाई समेत ध्यानमा राखेर यस बर्ष कुनै समस्या आउन नदिन भरमजदुर कोशिष गरिएको रथयात्रा ब्यवस्थापन समितिका अध्यक्ष आचार्यले बताए । दमकबासीहरु सबैले दर्शन गर्न सकुन भनेर रथयात्रा ब्यवस्थापन समितिले रथयात्राको रुट समेत तैयार पारिसकेको जनाएको छ ।
जस अनुसार भदौ ११ गते दिउसो २ बजे राधाकृष्ण मन्दीर दमक बजारबाट रथयात्रा निकालिने र हनुमान मन्दीर, पशुहाट हुँदै गणतन्त्रचौकमा आएर दमक बजारको भित्रिभाग फर्निचर लाईन हुदै देवकोटा चौक, पुशपति मन्दीर, शंखधर चौक, भृकुटी चौक, फाल्गुनन्द चौक दमक नगर पालिकाको कार्यालय अगाडिको सडक हुँदै पुनः राधाकृष्ण मन्दीरमा पुगेर औपचारिक रुपमा रथयात्राको समापन गरिने महासचिव प्रेम भट्टराईले जनाएका छन् ।
बिगतमा झै यस बर्ष पनि श्रीकृष्ण रथयात्रामा दमकमा रहेका बिभिन्न धार्मिक संघसंस्थाहरु, उद्योगी, ब्यापारी, पत्रकार, सुरक्षा निकाय, नेपाल स्काउट, किर्तन मण्डलीहरु, सामाजिक संघसंस्थाहरु, नागरिक समाजहरु, लगायत सर्वसाधारण नागरिकहरुको बृहद् सहभागिता रहने आयोजक तथा ब्यवस्थापन समितिले जानकारी दिएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपपूजा आराधनासहित देशभर मनाइयो धनवन्तरी जयन्ती
कात्तिक १४, २०८१ बुधबार
कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइयो काग तिहार
कात्तिक १४, २०८१ बुधबार
काठमाडौं महानगरले तोकेको क्षेत्रभन्दा बाहिर गएर फूल बिक्री गर्न नपाइने, यी हुन बेच्न पाइने स्थान
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
कात्तिक १४, २०८१ बुधबार
उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण
कात्तिक १५, २०८१ बिहिबार
‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’
कात्तिक १५, २०८१ बिहिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
कात्तिक १५, २०८१ बिहिबार
नगरवासीलाई सहुलियत शुल्कमा फूल
कात्तिक १५, २०८१ बिहिबार
कन्जुस नगरी विजुली बाल्नु, पर्याप्त छः प्राधिकरण
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार