मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
नेपालबहस संवाददाता
असोज ५, २०८१ शनिबार २२:३:४६
५ असोज, लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वाथ्यजस्ता मौलिक अधिकार कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालमा स्थापना गरिएको सघन कक्षको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले जनताको अधिकार सुनिश्चित गर्न सरकार निरन्तर लागिपर्ने विश्वास दिलाए ।
“संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागेको छ,” सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, “जिल्ला अस्पतालदेखि पालिका अस्पतालसम्म दक्ष चिकित्सक उपलब्ध गराउन सरकारले पहल गर्छ, त्यसका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्छ ।”
जिल्ला अस्पतालका लागि आवश्यक पर्ने सबै सुविधा उपलब्ध गराउन आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री गुरुङले पर्याप्त सुविधा उपलब्ध गराएर भए पनि दक्ष जनशक्तिलाई जिल्लामै राखिने विश्वास दिलाए ।
संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य जमिन्द्रमान घले, जिल्ला समन्वय समिति लमजुङको प्रमुख पूर्णबहादुर गुरुङ, बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल लगायतले बिरामीलाई थप सेवा सुविधा उपलब्ध गराएर अस्पताल जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।
लमजुङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङले नयाँ भवन नहुँदासम्म विभिन्न समस्या आइरहने बताउँदै नयाँ भवन निर्माणका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । उनले अस्पतालमा एम्बुलेन्स र शववाहन गाडीको खाँचो रहेको उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।
हाल ५० शय्याको अस्पताल रहे पनि ८५ शय्याको सेवा दिँदै आएको छ । केही वर्षदेखि यो अस्पताल गण्डकी सरकारको मातहतमा रहँदै आएको छ । सो अवसरमा सञ्चारमन्त्री गुरुङले अस्पतालको सघन कक्ष, आकस्मिक कक्ष, डायलासिस कक्षको अवलोकन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार