जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
नेपालबहस संवाददाता
असोज ७, २०८१ सोमबार २२:६:३४
७ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई सफल तुल्याउनेदेखि समाजलाई सुसूचित गर्न सञ्चार क्षेत्रले जोखिममा रहेर पनि काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजिन प्रतिष्ठान शाखाले आज यहाँ आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले बेथिती र विसङ्गतिविरुद्ध आवाज उठाउने पत्रकारिता क्षेत्रको संरक्षण गर्न राज्यले ध्यान दिइरहेको बताए।
“न्यूनतम पारिश्रमिकसमेत नपाउने स्थिति झेलेर पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेका छन्, पत्रकार हरेक हिसाबले जोखिममा छन्, यद्यपि, आफ्नो जिम्मेवारी पूरा गरिहएका छन्”, उनले भने, “यस क्षेत्रको सुरक्षा गर्ने दायित्व राज्यको हो र हामीले अब नीति र कानुन बनाएर पत्रकारिता जगत्लाई सहज बनाउन लागेका छौँ ।” सार्वजनिक सेवा प्रसारण ऐनलाई चाँडै नै कार्यान्वयनमा ल्याइने जानकारी गराउँदै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालको समायोजनलाई व्यवस्थित बनाइने बताए ।
मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा दुवै निकायले सहयोग गर्नुपर्नेमा जोड दिए । “मन्त्रालयले यसवर्ष कानुन निर्माण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ, कानुन निर्माणमा सबैको साथ जरुरी छ”, उनले भए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार