नेपालको अमेरिकाविरुद्धको दोस्रो खेल भोलि
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार १३:५९:२०
३ कात्तिक, काठमाडौं । नेपालले भोलि बिहान अमेरिकाविरुद्धको टी– २० सिरिजको दोस्रो खेल खेल्दै छ । नेपाली समय अनुसार बिहान ५ः ४५ बजेदेखि शुरु हुने यो खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ । सिरिजको पहिलो खेलमा नेपालले १७ रनको जित हासिल गरेर अमेरिका टुरको सकारात्मक शुरुवात गरेको छ ।
अमेरिकामा रहेको नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र देव खनाल रहेका छन् । त्यस्तै सन्दीप लामिछाने पनि भिसा प्राप्त गरेर अमेरिका पुग्ने क्रममा रहेकाले यस खेलमा भने उपलब्ध हुने छैनन् ।
त्यस्तै अमेरिकाले पनि नेपालविरुद्धको टी–२० सिरिजका लागि १५ सदस्यीय टिम नेपाल विरुद्ध खेलिरहेको छ । अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तव र यासिर मोहम्मद रहेका छन् । नेपालले सिरिजको तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डसँग पहिलो टेस्टमा घरेलु मैदानमा हार्यो भारत
कात्तिक ४, २०८१ आइतबार
ओमानका इलियास विराटनगरबाट एनपीएल खेल्ने
कात्तिक ४, २०८१ आइतबार
विश्वकप क्रिकेट लिग दुई खेल्न सन्दीप अमेरिका जाँदै
कात्तिक २, २०८१ शुक्रबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउन नसकेपछि मन्त्रिपरिषद् बैठक स्थगित, देउवाले देखाए शेखर
कात्तिक ५, २०८१ सोमबार
कर्णालीका ४८ स्थानीय तहमा कहिले बन्छ आधारभूत अस्पताल ?
कात्तिक ६, २०८१ मंगलबार
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
कात्तिक ६, २०८१ मंगलबार
टिनका टहराबाट मुक्तभए वेदकोटका पौरखी मुक्तकमैया
कात्तिक ६, २०८१ मंगलबार
भारतले प्यालेस्टाइनका लागि ३० टन खाद्यान्न र औषधि सहयोग पठायो
कात्तिक ६, २०८१ मंगलबार
वित्तीय नीति विपरित काम गर्ने तीन विकास बैंक र चार फाइनान्समाथि राष्ट्र बैंकले गर्यो कारबाही
कात्तिक ६, २०८१ मंगलबार
स्वास्थ्य बिमामा आकर्षण बढ्दै
कात्तिक ६, २०८१ मंगलबार