एमालेलाई जग्गादान प्रकरणः न्यायाधीश सुवेदीको इजलासमा रिटको सुनुवाइ
नेपालबहस संवाददाता
कात्तिक ८, २०८१ बिहिबार ११:१६:१७
८ कात्तिक, काठमाडौं । नेकपा एमाले लिएको जग्गादानविरुद्ध परेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादानविरुद्ध सर्वोच्च अदालतमा बुधबार रिट निवेदन परेको थियो ।
यो रिटको सुनुवाइका लागि न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ । सर्वोच्चको सूचीअनुसार उक्त रिटको पेसी सुवेदीको इजलासको १२औं नम्बरमा परेको छ ।
गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए । विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै ज्ञानकुमार बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
हालको प्रचलित बजार मूल्यअनुसार दान गरेको जग्गाको मोल ७० करोड भएको बताइएको छ । गुरुङ ललिता निवास जग्गा घोटाला प्रकरणका मुख्य दोषी हुन् । विशेष अदालतले उनलाई २ वर्ष कैद सजाय सुनाएको छ । यस्ता विवादित व्यवसायीबाट जग्गादान लिएको विषयमा अहिले आलोचना भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
जुम्लामा आगलागी हुँदा २ घर जलेर नष्ट
माघ २१, २०८१ सोमबार
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
३ वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
माघ २१, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार