काठमाडौंमै अवतरण भयो थाई एयर एशियाको जहाज
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार १५:१९:१७
११ कात्तिक, काठमाडौं । थाई एयर एशियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण भएको छ । झण्डै एक घण्टा आकाशमा होल्ड गराइएको जहाजलाई अवतरणको अनुमति दिएपछि बसेको हो ।
नेपालमा उडान अनुमति म्याद सकिएको भन्दै २ बजे अवतरण हुनुपर्ने थाई एयर एसियाको जहाजलाई आकाशमा होल्ड गराइएको थियो । मानविय संवेदनालाई ख्याल गरेर काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको विमानस्थल प्रशासनले जनाएको छ ।
दर्जन पटक काठमाडौंको आकासमा जहाजले फन्का मार्नुपर्दा यात्रहरु अतालिएका थिए । त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको जानकारी दिए ।
यात्रु लिएर नेपाल आएको थाई एयर एसियाको जहाजलाई दिउँसो २ बजेदेखि आकाशमा होल्ड गरिएको थियो । नेपालमा बस्ने अनुमति सकिएको भन्दै उसलाई ल्याण्ड गर्न नदिइएको हो । जहाजलाई उतै फर्कन भनिएको थियो । तर, फर्कदा दुर्घटना हुनसक्ने देखियो । जहाजलाई अवतरण गराउने वा डाइभर्ट गराउने भन्नेबारे प्राधिकरणका अधिकारीहरूबीच लामो छलफल चलेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार