करिब एक घण्टा आकाशमा होल्डपछि अवतरण गरिएको थाई एयर एसियामाथि कारवाही
रासस
कात्तिक ११, २०८१ आइतबार १७:४२:२७
११ कात्तिक, काठमाडौं । उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्यान्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरिएको हो ।
करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, थाई एयर एसियाको उडान तत्कालका निम्ति निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।
सूचना अधिकारी भुलले थाई एयर एसियाको उक्त विमानको शनिबारसम्म मात्र उडान अनुमति रहेको बताए । आइतबारको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको उनले जानकारी दिए ।
“विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउँछ,” उनले भने, “यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । अब तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ । जीएसए पनि रद्द भएको छ ।”
विशेष चार्टर्ड उडान अनुमति पाएको उक्त विमानले काठमाडौंबाट आजै यात्रु लिएर बैंकक फर्कने विमानस्थल कार्यालयले जनाएको छ । थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका निम्ति मात्र उडान अनुमति लिएको थियो ।
प्राधिकरणले आइतबार (आज)देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो ।
प्राधिकरणले सन् २०२४ अक्टोबर २७ देखि २०२५ मार्च ३१ सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गएको असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको थियो ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपआयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग
माघ १८, २०८१ शुक्रबार
हेलिकोप्टरसँग ठोक्किएर अमेरिकमा ६४ जना यात्रु सवार विमान दुर्घटना
माघ १७, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
माघ २१, २०८१ सोमबार
काठमाडौंका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
सरस्वतीको पूजाको अवसरमा विद्यालयमा विद्यार्थीहरूको पूजा आराधना [ फोटो फिचर ]
माघ २१, २०८१ सोमबार
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
माघ २१, २०८१ सोमबार
पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित
माघ २१, २०८१ सोमबार