अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १४:३:३२
१३ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल, उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रकाश आचार्य , जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपा प्रधान , इन्जिनियर प्रशान्त अधिकारी ,जिसस सचिवालयका प्रेम कुमार दङ्गाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका प्रबन्ध निर्देशक नेत्र बहादुर बस्नेत सम्मिलित उच्चस्तरीय सरकारी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका – ११ मा सञ्चालनमा आएका क्रसर उद्योगहरुको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले चौतारा साँगाचोकगढी नगरपालिका – ११ मा मात्र होइन जिल्लाका सबै सञ्चालनमा आएका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले आसपासका खोलामा अनुगमन गरिने र अबैध रुपमा भएको उत्खननलगायतका बारेमा स्थलगत अनुगमन गरि आवश्यक कानुनी कारबाही गरिने बताए ।
जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले हरेक पटक सम्झाउँदा पनी अटेर गरी गत बर्षको स्टक सामानहरु समेत नदेखाएकाले क्रसर उद्योगहरुमाथी स्थलगत अनुगमन गरी कानुन बिपरित गर्नेलाई कारवाहीको दयरामा ल्याउँने बताए । उनले मापदण्ड विपरीत सञ्चालन गरिएका क्रसर उद्योगलाई कानुनको दायरामा ल्याउन स्थलगत अनुगमन सुरु गरिएको स्पष्ट पार्दै प्रक्रिया मिचेर सञ्चालन गरिएका क्रसर उद्योगलाई कारबाही हुने समेत बताए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगका बारेमा व्यापक गुनासो आएकाले उच्चस्तरीय टोलीले अनुगमन थालेको बताए ।
उनले कतिपय क्रसर उद्योग सडकदेखि पाँच सय मिटरको दूरीभित्रै सञ्चालनमा ल्याइएको अवस्थामा फेला परेकाले त्यस्ता क्रसर उद्योगका बारेमा अब छिट्टै स्थानीय प्रशासनले प्रक्रिया थाल्ने बताए। सिन्धु स्टोन एण्ड कन्ट्रक्सन, श्री कालिञ्चोक भगवती एग्रीगेट इन्ड्रस्ट्रीज प्रालि बनदेउ क्रसर उद्योग र बच्छलादेबी एग्रीगेट क्रसर उद्योगहरूमा गरिएको अनुगमनका क्रममा अबैध रुपमा उत्खनन गरिएको बालुवा सहित टिपर आवश्यक कार्बांहीका लागी नियन्त्रणमा ल्याइएकाे छ भने बच्छलादेबी एग्रीगेटका सञ्चालक इन्द्र राज गिरीले नदीबाट बालुवा निकाल्नका लागी २ ड्रम डिजेल समेत नदीमा लगेको र अनुगमनका क्रममा स्काइभेटरलाई कुनामा नदेख्ने गरी लुकाइएको भिडीयो र फोटो खिचेपछी फोटो नखिच्न र भिडीयो नबाउँन भन्दै पत्रकार नेत्र बस्नेत माथी अभद्र व्यवहार समेत गरेका थिए ।
अनुगमनका क्रममा अरु क्रसरका व्यवसायीहरुले नियमानुसार कार्य गर्ने प्रतिबद्धता जनाएपनी बछलादेबीका सञ्चालक गिरीले भने नगरपालिकाको लापरबाहीका कारण ठेक्का नलागेको, आफुले बुझाउँन पर्ने कर समेत नगरपालिकाले बुझ्न नमानेको बताउँदै खोलामा लुकाई राखेको स्काइभेटर र डिजेल नगरपालिकाको भएको बताए ।
खोलाको अनुगमन गर्न पर्दैन भन्दै गिरीले बिभिन्न बाहाना बनाई अल्मल्याउँन खोजेपछी प्रजिअ र प्रहरी प्रमुख सहित खालामा स्थलगत अनुगमन गर्न गएपछी गिरी आक्रोशित बनेका थिए। सरकारले बर्षादको समयमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको भएतापनी लुकीछिपी उत्खनन् गरेर सामान जम्मा गरेको र असार मसान्तसम्म रहेको मौज्दातको परिणाम नबुझाएर बाँकी भन्ने गरेका क्रसरहरुलाई कसरी कारबाही हुन्छ हेर्न भने बाँकी रहेको छ ।
यस अघि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, उद्योग तथा वाणिज्य कार्यालय र डिभिजन वन कार्यालयले पनि पटक–पटक क्रसर उद्योगहरू अनुगमन गरेका छन् । अनुगमनसँगै प्रतिवेदन तयार हुने भएपनि त्यसको कार्यान्वयन नहुँदा अवैध क्रसर भने निर्वाध चलिरहेका छन् । क्रसर तथा बालुवा प्रशोधन उद्योग वन क्षेत्रबाट दुई किलोमिटर टाढा, नदी–खोला किनाराबाट पाँच सय मिटर, चुरे क्षेत्रबाट पन्ध्र सय मिटर, गाउँ वस्तीबाट दुई किलोमिटर र राजमार्ग क्षेत्रबाट पाँच सय मिटर टाढा सञ्चालनमा हुनुपर्ने उल्लेख छ ।
सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका कुनै पनि उद्योगहरूले यो मापदण्ड पूरा गरेका छैनन् । क्रसरले जथा भाबी नदीको बाहब परिबर्तन गराई सार्वजनिक स्थलमा आफूले निजी जस्तै जथाभाबी मेसीन लगाएर नदी जन्य पदार्थ बिक्री गर्ने गरेका कारण बस्ती जोखीममा परेको छन भने जता ततै पहिरो गएर खेती योग्य जमीन समेत काम नलाग्ने भई सक्दा पनी स्थानीय सरकार नदेखे जस्तो गरिरहेको छ ।
यस सम्बन्धमा वडा नं ११ का वडा अध्यक्षलाई सम्पर्क गर्दा पहीलो कुरा राजस्व बुझाउन आउनेलाई राजश्व नबुझ्ने भन्ने कुरै हुँदैन बछला देबीका सञ्चालकले राजश्व बुझाउनै आ यो झुटो भएको बताए भने कानुन बिपरित कार्य गर्ने जो कोहीलाई पनि कारबाही गर्दा आफुले सहयोग गरेर कारबाहीको लागी सहजता गरिदिने समेत बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार