मूल्य उच्च भएकाले धनतेसरमा गत वर्षको भन्दा ३० किलो कम बिक्री भयो सुन
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार १०:४१:२७
१४ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ उच्च विन्दुमा पुगेको छ । मंगलबार धनतेसरका दिन तोलाको १ लाख साढे ६८ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन गत वर्षको भन्दा ३० किलो सुन कम बिक्री भयो ।
गत वर्षको धनतेसरका दिन दिन ७० किलो सुन बिक्री भएको थियो भने यो वर्ष ५० किलो बिक्री भएको अनुमान छ, तर, देशभरीको विवरण आइसेकेो छैन् । महासंघका अनुसार मूल्य बढेकाले सुनका गरगहना खरिद गर्ने ग्राहको संख्या अध्याधिक घटेको छ भने सुनका ढिल्ला किन्नेहरु केहिमात्रामा देखिएका छन् ।
अहिले गहना अत्यावश्यक कामका लागि मात्र बिक्री हुन थालेको छन भने लगानी सुरक्षित गर्न पैसा हुनेले ढिक्का खरिद गर्न गरेका छन् । मंगलबार हिजो सबैभन्दा धेरै सुन बिक्री हुने दिन हो । तर, ५ ग्राम र २५० ग्रामको सिक्का किन्ने धेरै आए । नेपाल राष्ट्र बैंकले सुनका असर्फी बिक्री गरेपनि पर्याप्त थिएन । असर्फी नपाएपछि धेरैले सुनका ढिक्का किने ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यसपालि गहनाभन्दा ढिक्का सुनको माग बढेको बताएको छ । सोमबारको तुलनामा मंगलबार व्यापारमा सुधार आए पनि विगतको जस्तो हुन सकेन् । विगतका वर्षमा १० हजार किलोसम्म चाँदी बिक्री हुन्थ्यो । गत वर्ष धनतेरसमा १८ सय किलो बिक्री भएको थियो । मंगलबार करिब १२ सय किलो मात्रै बिक्री भएको महासंघले जनाएको छ । धनतेरसको दिनमा सुनचाँदीका गहना, सिक्का खरिद गरेर लक्ष्मीपूजाको दिनमा पूजा गर्दा लक्ष्मी भित्रिने मान्यता छ ।
धनतेरसको दिनमा खरिद गरिएको गहना, सिक्का, मूर्तिलगायतको वस्तु लक्ष्मीपूजाको दिनमा पूजा गरिन्छ ।
महासंघका अनुसार अहिले सुनको दैनिक कोटा २० किलो हो । तिहारकै लागि सोमबार भने १६ किलो सुन आयात भएको थिए । बाँकी मौज्दातको सुन बिक्री भयो । अहिले भारतमाभन्दा नेपालमा सुन महंगो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार दिनदेखि सुनको भाउ स्थिर, तोलाको कति ?
माघ २१, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
माघ २०, २०८१ आइतबार
सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो, ताेलाकाे कति ?
माघ २०, २०८१ आइतबार
सरस्वतीको पूजाको अवसरमा विद्यालयमा विद्यार्थीहरूको पूजा आराधना [ फोटो फिचर ]
माघ २१, २०८१ सोमबार
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
माघ २१, २०८१ सोमबार
पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित
माघ २१, २०८१ सोमबार
चार दिनदेखि सुनको भाउ स्थिर, तोलाको कति ?
माघ २१, २०८१ सोमबार
कृषिमा आधुनिकीकरण गर्न जरूरी छः सञ्चारमन्त्री
माघ २१, २०८१ सोमबार