प्रधानमन्त्रीलाई मार्नुपर्ने आशयको अभिव्यक्ति दिने कार्कीलाई पक्राउ गर्न ब्यूरोले थाल्यो प्रक्रिया
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार १५:१४:३३
२१ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जापानमा बसेर सामाजिक सञ्जालमार्फत उच्छृंखल अभिव्यक्ति दिने भ्लगर रतन कार्कीविरुद्ध अनुसन्धान अघि बढाएको छ । उनले साफ महिला च्याम्पिनसिपको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
उनले युट्युब तथा सामाजिक सञ्जाल, टिकटक, फेसबुक, इन्सटाग्राम लगायतमा कार्कीले अराजकता फैलाएको ब्यूरोको ठहर छ । दशरथ रंगशालामा साफ वुमन्स च्याम्पिनसिपको फाइनल खेल भइरहेका बेला युट्युब लाइभमा उनले ‘प्रधानमन्त्रीलाई मार्नुपर्ने’ आशयको अभिव्यक्ति दिएका थिए । कार्की मात्र हैन, उनी जस्ता सामाजिक सञ्जालमा अभिव्यक्ति दिने जोकोहीलाई पनि इन्टरपोलमार्फत नेपाल ल्याएर कारबाही गर्ने तयारी ब्यूरोको छ ।
साइबर ब्युरोका एक अधिकारीले दिएको जानकारी अनुसार अनुसन्धान अघि बढाएपछि सामाजिक सञ्जालमा उक्त भिडिओ पोस्ट गर्ने कार्कीले माफी मागेका छन् । आफ्नो इन्टेन्सन त्यस्तो नभए पनि बोल्ने बेलामा जिब्रो चिप्लिएर मार्छु भन्ने शब्द प्रयोग भएको भन्दै उनले स्ष्टीकरण दिएका छन् । उक्त शब्द प्रति माफीसमेत माग्दै उक्त भिडिओसमेत आफूले हटाइसकेको भ्लगर कार्कीले उल्लेख गरेका छन् ।
चितवनका कार्की अहिले विद्यार्थी भिसामा जापानमा छन् । उनी जापानमै रहे पनि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएर कारबाहीको प्रक्रिया थालेको छ । विदेशमा बसेरमा विद्युतीय माध्यममार्फत साइबर अपराध गर्नेविरुद्ध साइबर ब्यूरोले कारबाही गर्दै आएको छ । कार्की मात्रै होइन यसअघि र पछि यस्तो अराजक अभिव्यीक्त दिने व्यक्तिहरुलाई विदेशबाट नेपाल ल्याएर कारबाही गर्ने ब्यूरोले जनाएको छ ।
विदेशमा बसेर साइबर अपराध गरे पनि उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा साइबर मुद्दा दर्ता गरेर प्रहरीले यरीलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको हो । प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई पत्राचार गरेपछि यरी विरुद्ध रेड नोटिस पनि जारी भई व्यक्ति पक्राउ पर्ने र नेपाल ल्याइने ब्युरोले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवामा १ अर्ब बढी कारोबार, ललितपुरबाट १० भारतीय र १५ जना नेपाली पक्राउ
माघ २०, २०८१ आइतबार
सिस्टम अपडेटका नाममा ओटीपी मागेर ३ अर्ब बढी ठगेको आरोपमा २ भारतीयसहित ७ जना पक्राउ
माघ १८, २०८१ शुक्रबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार