केराखेतीबाट वार्षिक आठ लाख आम्दानी
नेपालबहस संवाददाता
कात्तिक २४, २०८१ शनिबार १४:५५:७
२४ कात्तिक, धरान 'सुनसरी' । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्ट विसं २०७७ देखि कृषि पेसामा लागेका छन् ।
व्यावसायिक रूपमा कृषि क्षेत्रमा लाग्नुभएका उहाँले अहिले केरा बिक्रीबाट वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए ।
उनले भने, “१७ वर्ष नेपाल प्रहरीको सेवापछि घर फर्किए, अरु व्यापार व्यवसायबाट खासै कमाइ नहुने देखिएपछि कृषि पेसामा लागेको हुँ, डेढ बिघा क्षेत्रफलमा केराखेती सुरु गरेर अहिले वार्षिक रुपमा रु आठ लाख बढी आम्दानी हुन्छ, मासिक ८०, ९० घरीसम्म केरा बिक्री हुने गरेको छ ।”
केरा बिक्रीका लागि धेरैजसो चक्रघटी, कालाबन्जर, चतरा लगायतका स्थानीय बजार तथा इटहरी, धरान, गाइघाटसम्म पनि पठाउने गरेको लैजाने गरेको उनी बताउँछन् । एक घरी केरा रु ४०० देखि ६०० सम्ममा बिक्री हुने गरेको उनले बताए ।
सुरुमा धान, मकै, कोदोको खेती गर्ने उहाँ पछिल्लो समय केराखेती तिर आकर्षित भएको विष्टले बताए । अहिले उनले भएको सबै आफ्नो जग्गामा केरा, खर्बुजा, भुइँकटहर, दाल, बोडी, सयपत्री फुल र तोरी लगाए ।
उनले भने, “कृषि पेसामा सुरुमा केहि दुःख गर्नुपरे पनि पछि आरामले कमाइ गर्न सकिन्छ, कृषि पेसा भनेको आफैँ मालिक आफैँ कर्मचारी हो, घरमा कहिलेकाही घर खर्च तार्न खाँचो हुँदा अरुसँग ऋण माग्न जानुपर्दैन, तीन÷चार घरी केरा बजार लगेर बेच्दा घर खर्च मज्जाले टार्न सकिन्छ ।” उनले अहिले मालभोक, चिनियाँ चम्पा र कृष्णभोग गरी तीन किसिमका केरा लगाए ।
सुनसरीमा हाल पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए। उनले भने, “सुनसरीमा केराखेतीको उत्पादन राम्रै छ, तर गत असोजमा आएको बाढीले ३८ दशमलव २५ हेक्टरभन्दा बढी केराखेती नष्ट गर्दा रु ३७ लाख बढीको क्षति भएको छ ।”
पछिल्लो समय केराखेतीबाट राम्रो आम्दानीसँगै उत्पादन राम्रो हुन थालेपछि यहाँका किसानले धेरै जसो केराखेती गर्न थालेको सूचना अधिकृत श्रेष्ठको भनाइ छ । कृषि ज्ञान केन्द्रका अनुसार अहिले सुनसरीमा झप्री, मालभोक, मुङ्गे, मर्चे चिनियाँ चम्पा, कृष्णभोग, हाइब्रिड प्रजातिका केरा अत्यधिक उत्पादन हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार