घिसिङलाई पत्तै नदिई उर्जामन्त्रीले विद्युत प्राधिकरणमा खोले कार्यकक्ष, अन्योलमा कर्मचारी
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार ११:४८:४३
१९ मंसिर, काठमाडौं । बिद्युत बक्यौताका कारण नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सरकारबीच विवाद चलिरहेका बेला उर्जामन्त्री दीपक खड्काले रत्नपार्कमा रहेको विद्युत प्राधिकरणको भवनमा कार्यकक्ष खोलेका छन् ।
सो कार्यकक्षमा आज बुधबार उद्घाटन गरेर मन्त्री खड्काले नियमित बस्ने मनस्थिति बनाएका छन् । सबै प्राधिकरणका कर्मचारीलाई कार्यकक्ष उद्घाटनमा सहभागी हुन भनिए पनि कार्यकारी प्रमुख घिसिङलाई निम्ता दिइएको छैन् । उनले मन्त्रीले कार्यकक्ष खोलेको औपचारिक जानकारी पनि पाएका छैनन् ।
मन्त्री खड्काले कार्यकक्ष खोलेपछि विद्युत प्राधिकरणका कर्मचारी पनि अचम्मित बनेका छन् । केही कर्मचारीले मन्त्री खड्काको कदमलाई स्वागत गरेका छन् भने केही कर्मचारीले विरोध जनाएका छन् । प्राधिकरण कर्मचारीका अनुसार कार्यकारी निर्देशक घिसिङको कार्यकक्षभन्दा माथिल्लो तलामा मन्त्रीको कार्यकक्ष बनाइएको छ । मंगलबार अबेरसम्म बसेर कार्यकक्षको सजावट गरिएको थियो ।
कर्मचारीका अनुसार प्राधिकरणको अध्यक्षको हैसियत रहने मन्त्रीले प्राधिकरण कार्यालयमै कार्यकक्ष राख्ने अभ्यास यसअघि थिएन् । यसअघिका कुनै पनि अध्यक्षले प्राधिकरण कार्यालयमा कार्यकक्ष बनाएका थिएनन् । ऊर्जामन्त्री खड्काले प्राधिकरण नेतृत्वमाथि हस्तक्षेप गर्न प्राधिकरण कार्यालयमै कार्यकक्ष बनाएको कर्मचारीहरूको आरोप छ । दैनिक रूपमा केही समय प्राधिकरणको कार्यकक्षमा समय बिताउने योजना बनाएको बताइएको छ । यसबारे मन्त्री खड्काले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार